हिमालय इङ्ग्लिस स्कूल र ले प्रिमियर ल्याङ्ग्वेज इन्टरनेशनल इन्क. बीच शैक्षिक सहकार्य सम्झौता


Single Before Content Ad

सुन्दरहरैंचा। भाषा शिक्षामा गुणस्तर वृद्धि र अन्तर्राष्ट्रिय शैक्षिक अवसर विस्तार गर्ने उद्देश्यसहित हिमालय इङ्ग्लिस स्कूल र ले प्रिमियर ल्याङ्ग्वेज इन्टरनेशनल इन्क. बीच शैक्षिक सहकार्य सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार ले प्रिमियर ल्याङ्ग्वेज इन्टरनेशनल इन्क. ले नेपालमा आफ्नो कार्यक्रम विस्तार गर्दै सुन्दरहरैंचामा नयाँ शाखा सञ्चालन गर्नेछ।

विद्यालयका अनुसार यस सहकार्यबाट विद्यार्थीहरूलाई वैश्विक प्रतिस्पर्धात्मक क्षमता, बहुभाषिक दक्षता, अन्तर्राष्ट्रिय संचार सीप तथा सांस्कृतिक समझदारी विकसित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रिन्सिपल/सीईओ कमल खनालको भनाइ

सम्झौता कार्यक्रमपछि हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल तथा सीईओ कमल खनालले यस सहकार्यलाई विद्यालयको शैक्षिक दायरा विस्तारतर्फको महत्वपूर्ण कदम भएको बताए।

“हम्रो उद्देश्य शिक्षा केवल पाठ्यक्रममा सीमित राख्नु होइन, विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु हो। ले प्रिमियर ल्याङ्ग्वेज इन्टरनेशनल इन्क. सँगको सहकार्यले विद्यार्थीलाई भाषिक दक्षता तथा विश्वसँग प्रत्यक्ष सम्पर्कमा आउने अवसर प्रदान गर्नेछ,” खनालले भने।

उनले अभिभावक, समुदाय र विद्यार्थीहरूको निरन्तर विश्वास तथा समर्थनका लागि आभार समेत व्यक्त गरे। ले प्रिमियर ल्याङ्ग्वेज इन्टरनेशनल इन्क. ले पनि सहकार्यको अवसर उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गर्दै भाषा र शिक्षाद्वारा राष्ट्रहरूलाई जोड्ने अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार