सुन्दरहरैंचामा सिटी सफारी चालक आन्दोलित


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैंचा नगरपालिकाका सिटि सफारी चालकहरु आन्दोलित भएका छन । इटहरी उपमहानगरपालिकाले सुन्दरहरैंचा नगरपालिकाबाट प्रवेश गर्ने सिटी सफारी इ-रिक्सालाई इटहरी क्षेत्रमा प्रवेश गर्न रोक लगाए पछि सिटि सफारी चालकहरु आन्दोलित भएका हुन ।

प्रचलित कानुन बमोजिम दर्ता भएका ई- रिक्सा पहिचान गर्न सक्ने संकेत वा लोगो अनिवार्य रुपमा दुबै तर्फको पालिकाले प्रदान गर्ने, दुबै पालिकाको इ-रिक्साहरु एक अर्को पालिकामा प्रवेश गर्दा यात्रुहरु गन्तव्यमा पुर्याउने, र आ-आफ्नो पालिकामा फर्किदा सिमानासम्म कुनै प्रकारको यात्रु वा समाग्री बोकी फर्किने, एक पालिकाबाट अर्को पालिका प्रवेश गर्दा बढिमा एक घण्टा भित्र फर्की अनिवार्य सिमा पार गर्ने भएको थियो।

दुबै पालिकाका इ -रिक्सा बिपरित पालिकाको कुनै पनि स्थानमा पार्ङ्गिक गरेमा पहिलो पटक रु. ५ सय जरिवाना गर्ने साथै पुन: सहमति उलघन गरेमा रु. १ हजार जरिवना गर्ने लगायतको निर्णय गरेको थियो।

यसका साथै टाइम कार्डको प्रयोग गर्ने, प्रचलित कानुन बमोजिम दर्ता नविकरण लगायत आवश्यक कागजातहरुको चेक जांच , अनुगमन लगायतको कार्यहरुको सम्बन्धित पालिका सुरक्षा निकायहरुले गर्ने र कानुन बिपरित भएको देखिएमा प्रचलित कानुन बमोजिम कार्वाही गर्ने समेत निर्णय गरेको थियो।

दुबै पालिका बिच सहमति भइ अनिवार्य पालना गर्ने गराउने भनि गरिएको निर्णय भएपनि  केहि समयमा मात्रा  कार्यन्वयन भयो। इटहरीका सवारी साधन सुन्दरहरैंचा नगपालिकामा निर्वाद बिना टाइम कार्ड समेत  आवाजत हुने तर छिमेकी पालिका सुन्दरहरैंचा नगरपालिकाको इ-रिक्सा सवारी साधानलाई प्रवेशमा रोक्ने र अनावश्यक दु:ख दिएपछि चालकहरु प्रदर्शनमा उत्रिएका हुन।

सुन्दरहरैंचा नगरपालिकाका सफारी चालकले बुधबार राजमार्गमा चक्काजाम गरेर आन्दोलन गरेका हुन् । कानुनमा नभएको कुरा उपमहानगरपालिकाले लागू गरेको भन्दै सफारी चालकले बिरोध जनाएका हुन् ।केही महिना अघि पनि इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रमा सिटि सफारीलाई प्रवेशमा रोक लगाएको थियो । सिटी सफारी चालकहरुले आन्दोलन गरे पश्चात् सहमतिमा पुन: प्रवेश खुल्ला गरेको थियो ।

इटहरी उपमहानगरपालिकाले पार्किङमा समस्या भन्दै इटहरी बाहिरबाट आउने सिटि सफारीहरुलाई प्रवेश गर्न रोक लगाएको छ । बुधबार सुन्दरहरैंचा नगरपालिकाका सिटि सफारी चालकहरुले नगरपालिका घेराउ गरेका थिए । बिहीवार दुई पक्षिय सहमती गरि पुन सफारीको प्रवेश खुल्ला गरिएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार