सुन्दरहरैंचामा सिद्धार्थ रन प्रतियोगिता सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको २९ औं अभिभावक दिवसको अवसरमा आयोजना गरिएको “विद्यार्थीसँग अभिभावक” कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू मध्ये आइतबार सिद्धार्थ रन २०८० सम्पन्न भएको छ । बागझोडा केराबारी जाने सडक देखि  खोर्साने सम्पन्न आयोजना गरेको उक्त प्रतियोगितामा अभिभावक पुरुष तर्फ चन्द्र बहादुर लिम्बु प्रथम स्थान हासिल गरेका छन् भने दोस्रो स्थानमा चन्द्रमणि गौतम, तेस्रो स्थानमा धन कुमार भट्टराई र सान्त्वना स्थानमा इन्द्रकुमार मास्के भएका छन् ।

त्यसैगरी अभिभावक महिला तर्फ प्रथम स्थानमा सुभद्रा खत्री भएकी छिन भने द्धितीय स्थानमा मनिता हुमागाईं, तृतीय स्थानमा लता घिमिरे र सान्त्वना स्थानमा रमिला राई भएकी छिन्।

अर्को तर्फ सिद्धार्थ रन बिधार्थी  छात्रतर्फ जीवन तमाङ प्रथम स्थान, बिशाल केसी द्धितीय र अजित चौधरी तृतीय स्थान हासिल गरेका छन् भने छात्रा तर्फको रन प्रतियोगितामा मियोग्सा राई प्रथम, एंगल राई द्धितीय र सन्ध्या प्रधान तृतीय स्थान हासिल गरेकी छिन ।

सो प्रतियोगितामा महिला अभिभावक तर्फ ३० जना, पुरुष अभिभावक तर्फ २६ जना र बिधार्थी छात्रछात्रा गरी ४० जनाले भाग लिएको प्रिन्सिपल अर्जुन बस्नेतले जानकारी दिएका छन् । सो कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं कार्यपालिका सदस्य बबिता खापुंग, इलाका प्रहरी कार्यालय बिराटचोक, ट्राफिक पोष्ट बिराटचोक, पत्रकार , बिधार्थी, शिक्षक तथा अभिभावक लगायतको उपस्थती रहेको थियो।

त्यसै गरी गायन प्रशिक्षणको पहिलो चरण समपन्न भएको छ भने नृत्य प्रशिक्षण १५ गते सोमबार बिधालय सभा हलमा हुने छ भने आजै अभिभावकका लागि  फुटबल तथा भलिबल प्रशिक्षण तथा समुह बिभाजन समेत गरेको छ । चित्रकला प्रतियोगिता, ममी डान्स आइडल समेत हुनेछ ।

बिजेता हुने प्रतियोगीहरुलाई २९ औं अभिभावक दिवस अवसरमा एक कार्यक्रममा प्रथम हुने अभिभावक भलिबल समूहलाई नगद ९ हजार सहित मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद ४ हजार ५ सय सहित मेडल तथा प्रमाण पत्र पुरस्कार वितरण गरिने  जनाएको छ । त्यसै गरी अभिभावक  फुटबल समुह तर्फ प्रथम हुने ११ हजार नगद सहित मेडल तथा प्रमाणपत्र र द्धितीय हुने समुहलाई ६ हजार ५ सय  नगद सहित मेडल तथा प्रमाणपत्र बितरण गरिने छ भने नृत्य तर्फ मम्मी डान्स प्रतियोगितामा प्रथम हुनेले ७ हजार नगद सहित मेडल र प्रमाण पत्र, द्धितीय हुनेले ५ हजार नगद सहित मेडल र प्रमाण पत्र, तृतीय  हुनेले  ३ हजार नगद सहित मेडल तथा प्रमाणपत्र, सान्त्वनाले मेडल र प्रमाणपत्र  प्राप्त गर्ने छिन ।

त्यसै गरी आभिभावक गायन  तर्फ प्रथम हुने ५ हजार नगद सहित मेडल तथा प्रमाणपत्र र द्धितीय हुनेले  ३ हजार नगद सहित मेडल तथा प्रमाणपत्र, तृतीय हुनेले १ हजार नगद सहित मेडल र प्रमाणपत्र , सान्त्वनालाई मेडल र प्रमाणपत्र बितरण गरिने छ भने म्याराथुन दौड ( सिद्धार्थ रन ) प्रतियोगितामा प्रथम हुनेले ३ हजार नगद सहित मेडल र प्रमाण पत्र, द्धितीय हुनेले २ हजार नगद सहित मेडल र प्रमाण पत्र, तृतीय  हुनेले १ हजार नगद सहित मेडल तथा प्रमाणपत्र, सान्त्वनाले मेडल र प्रमाणपत्र  प्राप्त गर्ने छन ।अभिभाबक चित्रकला प्रतियोगितामा प्रथम हुनेले ३ हजार नगद सहित मेडल र प्रमाण पत्र, द्धितीय हुनेले २ हजार नगद सहित मेडल र प्रमाण पत्र, तृतीय  हुनेले १ हजार नगद सहित मेडल तथा प्रमाणपत्र, सान्त्वनाले मेडल र प्रमाणपत्र  प्राप्त गर्ने छन  ।

सबै खेलहरूमा विद्यार्थीको बुबा वा आमा अथवा दुवै जनाले सहभागी हुन पाइने छ । अन्य नाताले खेल्न पाइने छैन भने सम्पूर्ण खेलको पुरस्कार वितरण अभिभावक दिवसको दिन गरिने प्रिन्सिपल बस्नेतले बताएका छन् । फुटबल / भलिबलको समूह गोलाप्रथाबाट निर्धारण गरिएको छ भने फुटबल / भलिबलका लागि प्रथम र द्वितीय समूह मात्र पुरस्कृत गरिने र म्याराथुन, चित्रकला, नृत्य र गायनका लागि प्रथम, द्वितीय, तृतीय र सान्तवनालाई पुरस्कृत गरिने बताएका छन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार