नेपाल प्रथम बनेकी सुकुना बहुमुखी क्याम्पसकी जीविका सापकोटा सम्मानित, क्याम्पसलाई राष्ट्रिय गौरव


Single Before Content Ad

मोरङ — शिव भट्टराई भोजपुरे/ असार २६ गते

पब्लिक क्याम्पस सङ्घको ३६औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसकी मेधावी छात्रा जीविका सापकोटा सम्मानित तथा पुरस्कृत भएकी छन्।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको प्रमुख आतिथ्य तथा पब्लिक क्याम्पस सङ्घका अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्नातक तह शिक्षा शास्त्र सङ्काय अन्तर्गत सामुदायिक क्याम्पसहरूमध्ये नेपाल प्रथम हुन सफल जीविकालाई सम्मान पत्र सहित सम्मान गरिएको हो। उत्कृष्ट नतिजामार्फत सुकुना बहुमुखी क्याम्पसलाई समेत सम्मानित हुने अवसर प्राप्त भएको क्याम्पसले सुन्दरहरैचा अपडेटलाई जनाएको छ।

सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी लगायत क्याम्पस परिवारले जीविका सापकोटालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार