‘लडाईँ पहिचानको’ को पहिलो गीत ‘काली काली प्यारी दिल वाली’ सार्वजनिक


shiva
Single Before Content Ad

सुन्दरहरैचा/ भिम लामाको लेखन तथा निर्देशनमा बनेको सामाजिक विषयवस्तुमा आधारित नेपाली चलचित्र 'लडाईं पहिचानको' को पहिलो गीत 'काली काली प्यारी दिल वाली' सार्वजनिक गरिएको छ। गीतलाई ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सार्वजनीक गीतमा रागुन गुरुङ र रोजिना बस्नेतको सुमधुर स्वर रहेको छ, जसलाई बुद्धवीर लामाले लेखेका हुन् ।यसको संगीत बलराम सामलले दिएका छन् भने कोरियोग्राफी मणि कुमार लिम्बुले गरेका छन् । भिम लामाको लेखन र निर्देशनमा तयार भएको ‘लडाई पहिचानको’ फिल्ममा धिरेन र करिश्माको साथमा प्रशान्त तामाङ, जेनी घिसिङ, प्रेम सुब्बा, राजेन्द्र खड्गी, सुरवीर पण्डित, किशोर सम्बाहम्फे, रोशन शर्मा, सुबास योन्जन, परसुराम चौधरी, शर्मिला राई, अरुण कुमार प्रधान, दिलु सुब्बा, रामजी बिस्टको अभिनय रहेको छ ।

यस्तै दिनेश कोइराला, कविता राई, छिरिङ लामा, नबिन म्याङ्बो, डम्बर कुमारी लिम्बु, पाबी थेम्बे, बर्षा राजभण्डारी तामाङ, सुदिप लिम्बु, दामोदर सापकोटा, अम्बिका ढकाल, कृष्ण नेपाल, शिव भट्टराई, एल एन गच्छदार, कर्ण सम्बाहम्फे, गंगा कुँवर, रमेश कटुवाल, मदन बहादुर राई, मोहन लोप्चन, शर्मिला तामाङ, सिता नोर्गेन तामाङ, मंगल सिंह तामाङ, नागेन्द्र तामाङ, बीरेन्द्र तामाङ, कला तामाङ, उर्मिला तामाङ, गीता राई, मोतिराम थापा, सुरज कार्की, राजिब हलवाई, सत्रुधन अन्सारी, पुनम चौधरी, विक्रम लिम्बु लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मलाई भिम लामा, दिलु सुब्बा, रामजी बिस्ट र उमेश तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् । यसको पटकथा भिम लामा, सरोज केसी र रमेश डी काउशिक ले लेखेका छन् । यस फिल्मको छायांकन मदन कश्यप घिमिरेले गरेका छन् भने सम्पादन र कलर रमेश डी काउशिकले गरेका छन् । फिल्ममा संगीत बलराम सामल, भिम बस्नेत, दिप्सन लिम्बु, शेखर थापा र सागर तामाङको रहेको छ । गीतहरू बुद्धवीर लामा, भिम लामा, इरान राई, भिम बस्नेत र सागर तामाङले लेखेका हुन् ।

फिल्ममा द्वन्द्व निर्देशन देव कुमार महर्जन र नृत्य निर्देशन मणि कुमार लिम्बु तथा सानु राजा थेगिमले गरेका छन् । सहायक निर्देशन बुद्धिमान तामाङ र प्रबिन किरातीले गरेका छन् भने सह-निर्देशन रमेश डी काउशिकले सम्हालेका छन् । अशोक मण्डलले मेकअप, सुजन महतले कला निर्देशन र मोतिराम थापाले उत्पादन व्यवस्थापनको जिम्मेवारी लिएका छन् । थालीउड मोसन पिक्चर्सले पोस्ट-प्रोडक्सन गरेको यो फिल्मको पोस्टर डिजाइन आइडियल डिजाइनरले गरेको हो । आगामी मङ्सिर ५ गतेदेखि सार्वजनीक प्रदर्शनमा आउने यस फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसन प्रा.लि. ले नेपालभर वितरण गरिरहेको छ भने डिजिटल पार्टनर ओ एस आर डिजिटल रहेको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार