सुन्दरहरैचामा बांग्ला समाजद्वारा सार्वजनिक दुर्गा पूजा हुने


shiva
Single Before Content Ad

मोरङ, सुन्दरहरैचा ।शिव भट्टराई भोजपुरे

नेपाल राष्ट्रिय बांग्ला समाज सुन्दरहरैचाले गछियामा सार्वजनिक दुर्गा पूजा गर्ने भएको छ। मोरङको सुन्दरहरैचा–७ स्थित गछियामा अघिल्ला वर्ष झैँ यस वर्ष पनि दुर्गा पूजाको आयोजना हुने भएको छ। आज बुधबार बाजागाजा सहित भव्य रुपमा दुर्गा पुजाको शिलान्यास कार्यक्रम गरिएको छ।

पत्रकार सम्मेलन मार्फत समाजले यही असोज ६ गतेदेखि असोज १६ गतेसम्म भव्य रूपमा सार्वजनिक दुर्गा पूजा आयोजना गर्ने जानकारी गराएको छ। कार्यक्रममा अध्यक्ष खकन कुमार दासले समाजले धार्मिक र सांस्कृतिक एकताको सन्देश सहित यस वर्ष पनि पूजालाई सफल बनाउन तयारी भइरहेको बताएका छन्।

शिलान्यास कार्यक्रममा बोल्दै गछिया जेसिजका अध्यक्ष नवीन बराल, जेष्ठ नागरिक समाज सुन्दरहरैचा–३ का अध्यक्ष भिम बहादुर कार्की लगायतले दुर्गा पूजाको सफलताको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले यस प्रकारका धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा एकता, सद्भाव र आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यसैगरी, समाजकी उपाध्यक्ष अनिता मण्डल साह, कोषाध्यक्ष दिपक कुमार मण्डल लगायत पदाधिकारीहरूले भक्तजनहरुलाई दुर्गा पूजामा सक्रिय उपस्थितिको लागि अनुरोध गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार