सुन्दरहरैचा/ भदौ २१ गते
मोरङको सुन्दरहरैचा ६ मा रहेको ज्योति टोल विकास संस्था र लायन्स क्लब अफ गछियाको संयुक्त आयोजनामा लागु औषध तथा दुर्व्यसन विरुद्धको अभियान कार्यक्रम सम्पन्न भएको छ। शनिबार भएको कार्यक्रम इलाका प्रहरी कार्यालय बेलबारी, केन्द्र पोलिक्लिनिक र रिचमण्ड फेलोसिप मोरङ उपचार तथा पुनःस्थापना केन्द्र विराटनगरको सहयोगमा सम्पन्न गरिएको हो।

मोरङको सुन्दरहरैचा ६ स्थित ज्योती मा.वि मा भएको कार्यक्रममा पुर्व नगरप्रमुख शिव प्रसाद ढकालको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रममा द्वय ज्योति टाेल विकास संस्थाका अध्यक्ष कुमार श्रेष्ठ र लायन्स क्लब अफ गछियाका अध्यक्ष हेमन्त भट्टराईको अध्यक्षता रहेको थियो।

यस अवसरमा लागु औषध प्रयोगबाट हुने सामाजिक तथा स्वास्थ्यजन्य समस्याबारे जानकारी दिइएको साथै दुर्व्यसन न्यूनीकरणका उपायहरूबारे सहभागीलाई अभिमुखीकरण गराइएको आयोजकले जनाएका छन्।
उक्त कार्यक्रममा विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय बेलबारीका इन्चार्ज कृष्ण बहादुर खत्री, एरिया चिप्स लायन रोहित कुमार शाह mjf, रिजन चेयर पर्सन लायन खगेन्द्र रिजाल mjf, केन्द्र पोलिक्लिनिकका डक्टर सन्दीप पोखरेल, रिचमणड फेलोसिप मोरङ उपचार तथा पूनः स्थापना केन्द्र विराटनगरका संस्थापक फाउन्डर सञ्जीव चापागाईं लगायतको उपस्थिति रहेको थियो।
सोही अवसरमा अपाङ्गता भएका व्यक्तीहरुलाई व्हिल चेयर वितरण समेत गरिएको थियो। कार्यक्रममा सहभागी लायन्स क्लब अफ गछियाका संस्थापक अध्यक्ष मातृका चापागाईं, अतिथि समाजसेवी भवान मुक्तान, समाजसेवी देवेन्द्र राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई आयोजक संस्थाले धन्यवाद दिएको थियो।

