नेशनल प्याब्सनको २८औँ स्थापना दिवसको अवसरमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न 


Single Before Content Ad

सुन्दरहरैंचा, पौष २७ गते

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को २८औँ स्थापना दिवसको अवसरमा सुन्दरहरैंचा नगर कार्यसमितिले चिसोबाट बचाउन न्यानो कपडा वितरण गरेको छ ।

सुन्दरहरैँचा नगरपालिका–२, पथरघट्टा टोलमा रहेका ६५ जना भन्दाबढी न्यानो बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो। कपडा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दरहरैँचाका नगर प्रमुख केदार प्रसाद गुरागाईले नेशनल प्याब्सनको २८औँ स्थापना दिवसको शुभकामना दिंदै शिक्षा क्षेत्रसँगै सामाजिक कार्यमा पनि सक्रिय रहेको भन्दै खुलेर प्रशंसा गरेका थिए ।

यस्तै,कार्यक्रममा बोल्दै नेशनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनालले आर्थिक विपन्नताको कारण कतिपयले यसको परिपूर्ति गर्न नसक्दा जाडो मौसम अभिशाप बन्न नपरोस् भनेर न्यानो कपडा वितरण गरिएको बताए । आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनको भनाइ थियो।

नेशनल प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष खगेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेशनल प्याब्सन प्रदेश सदस्य सन्तोष कुमार राई जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार