कानेपोखरीमा ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम सम्पन्न


shiva
Single Before Content Ad

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कानेपोखरी गाउँ कार्यसमितिको आयोजनामा कानेपोखरी गाउँपालिका वडा नम्बर ६ स्थित जनसेवा उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम राप्रपा कानेपोखरी गाउँ कार्यसमितिका अध्यक्ष तिर्थ बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने राप्रपाका केन्द्रीय सह–प्रवक्ता दिनेश साह प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले पृथ्वीनारायण शाहले दिएको राष्ट्रिय एकताको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि राप्रपा निरन्तर संघर्षरत रहेको बताउनुभयो।

सो अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौँ व्यक्तिहरू राप्रपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई प्रमुख अतिथि तथा पार्टी नेताहरूले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो। नवप्रवेशीहरूले राप्रपाको नीति, सिद्धान्त र एजेन्डाबाट प्रभावित भई पार्टीमा आबद्ध भएको प्रतिक्रिया दिएका थिए।कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार