दुर्गा प्रसाईको गिरफ्तारिको घोर भत्षर्ना गर्दै तत्काल रिहाइको माग गर्दै सांसद डा शुनिल शर्मा


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

सामाजिक अभियन्ता दुर्गाप्रसाईको गिरफ्तारिको घोर भत्षर्ना गर्दै तत्काल निशर्त रिहाइको माग गर्दछु । सरकारले जनतालाई डेलिभरि दिने, समयसापेक्ष जनताका पक्षमा काम गर्ने जिम्मेवारि विर्सेर सरकारका गलत कामका विरुद्ध वोल्ने, सरकारलाई खवरदारि गर्ने अभियान्ताको वोलि वन्द गराउने गलत नियतले दुर्गा प्रसाईजिलाई गिरफ्तार गरिनु राज्य आतंक हो ।लोकतन्रमा स्वतन्त्र अभिव्यक्ति दने हरेक नेपाली नागरिकको अधिकार हो ।

सरकारलाई हेक्का रहोस्, दैनिक विदेशिन परेका हजारौ युवाको विवशता, कर्णालिमा तुइनवाट खसेर मृत्युवरण हुनुपरेको विधमान परिस्थिति र स्वदेशमा मेडिकल, नर्सिङ पढ्न नपाएर अरवौ रकम विदेशिनपरेको वर्तमान परिस्थिति वारे सरकार अन्धो छ । तर गरिव र निमुखाहरुको आवाज वोक्ने अभियान्ता दुर्गा प्रसाईलाई गिरफ्तार गर्न तर्फ सरकारको ध्यान छ । यो भन्दा ठुलो राज्य अपाधिकरण के हन्छ?
तत्काल सरकार र राज्यका जिम्मेवार निकायमा वसेका शासकहरुलाई सुध्रिन ध्यानाकर्षण गर्दछु ।
लोकतन्त्रको घाटि निमोठ्ने काम वन्द गरियोस्। तत्काल सामाजिक अभियान्ता दुर्गा प्रसाईको निशर्त रिहाईको माग गर्दछु ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार