बिचौलियाहरूले निजी मेडिकल कलेजलाई धराशायी बनाए : काँग्रेस सांसद डा.सुनिल शर्मा


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता सांसद एवं काठमाडौं मेडिकल कलेज साथै नोबेल मेडिकल कलेजकाका सञ्चालक डा. सुनिल शर्माले मेडिकल कलेजहरूलाई विद्यार्थीलाई ४८ हजार तिर्न कुनै समस्या नरहेको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद शर्माले बिचौलियाहरूले आफ्नो लागि निजी मेडिकललाई धराशायी बनाउने काम गरिरहेको बताए । ‘आज कलेजहरूले ४८ हजार तिर्न सकिँदैन भनेर हात उठाएर भर्ना रोकेको त थाहा पाइहाल्नु भयो । यसपालि ल बाध्यकारी भयो । भर्ना भयो । अर्को वर्ष त कलेजले सिट एप्लाइ गर्दछ । सिट एप्लाइ गर्दा अहिले ८०—१०० वटा पाइरहेको सिट १५ वटा एप्लइ गर्दछ । ८५ वटा सिट कम हुन्छ’ उनले भने ।

उनले बाध्यकारी व्यवस्था लागु गरेको खण्डमा ७ देखि ८ सय एमडी एमएस पढ्न पाउने विद्यार्थी अर्को वर्षबाट वञ्चित हुने जिकिर गरे ।समस्या केही नरहे पनि कसरी निजी मेडिकल कलेजलाई धराशायी बनाउने ? भर्ना रोक्ने, एडमिसन नदिने, अर्को नयाँ समस्या झिकेर विद्यार्थीलाई बाध्य बनाएर विदेश पढ्न पठाउने र नेपालभित्र निजी क्षेत्रका चिकित्सा शिक्षा सम्बन्धीका कलेजहरू खत्तम गर्ने भन्ने षड्यन्त्र प्रेरित काम भइरहेको बताए ।
उनले भने ‘लगभग ७ देखि ८ सय एमडी एमएस पढ्न पाउने विद्यार्थी अर्को वर्षबाट वञ्चित हुन्छन् । समस्या ४८ हजारको हुँदै होइन त्यति दिन त कलेज रेडी छ त । समस्या के हो भने कसरी निजी मेडिकल कलेजलाई धराशायी बनाउने ? भर्ना रोक्ने, एड्मिसन नदिने, अर्को फण्डा गर्ने, प्रोब्लम क्रिएट गर्ने र बच्चाहरूलाई बाध्य बनाएर विदेश पढ्न पठाउने र नेपालभित्र निजी क्षेत्रका चिकित्सा शिक्षा सम्बन्धीका कलेजहरू खत्तम गर्ने । भन्ने मात्रै प्लान हो ।’

सांसद शर्माले प्रतिनिधिसभाका एकमात्र सांसदका रूपमा तलब भत्ता नलिने सांसद हुन् । उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । शिविरमार्फत उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउने व्यवस्था मिलाउँदै आएका छन्।
उनको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका बिरामीका लागि ५० शय्याको निःशुल्क क्याबिन समेत व्यवस्था गरिएको छ। कुनै पनि दलका जनताप्रति भेदभाव नगरी समान रूपले सेवा पुर्‍याउँदै आएका शर्माले हालै बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्। उनले निजी लगानीमा देशका विभिन्न सात स्थानमा एम्बुलेन्स प्रदान गरिसकेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार