सुन्दरहरैचा, शिव भट्टराई भोजपुरे-
मोरङको सुन्दरहरैचा गोठगाउँ स्थित Purbanchal University School of Health Sciences (PUSHS) मा राष्ट्रिय जनस्वास्थ्य दिवस–२०८२ को अवसरमा विशेष प्यानल छलफल कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। पूर्वाञ्चल विश्वविद्यालय पब्लिक हेल्थ स्टुडेन्ट सोसाइटीद्वारा आयोजित कार्यक्रम NEPHA कोशी प्रदेशको सहकार्य र PUSHS Student Welfare Committeeको सहयोगमा सम्पन्न भएको हो।

आज मंगलबार भएको कार्यक्रममा दुई फरक विषयमा प्यानल छलफल गरिएको थियो। कार्यक्रमको पहिलो सत्रमा “एक पालिका: एक जनस्वास्थ्य अधिकृत — आजको लगानी, भोलिको आधार” शीर्षक विषयमा छलफल गरिएको थियो। उक्त सत्रका प्यानलिस्टहरूमा पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका डिन डा. शैलेशमणि पोख्रेल,बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई, प्रदेश स्वास्थ्य सचिव डा. यदु चन्द्र घिमिरे, प्रो.डा.सन्जिव कुमार, नेफा कोशी प्रदेशका अध्यक्ष ब्रजस मेहता रहनु भएको थियो।

कार्यक्रममा उहाँहरुले स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको आवश्यकता, स्वास्थ्य नीतिको कार्यान्वयन, र जनस्वास्थ्य सुधारका लागि बहु–क्षेत्रीय समन्वयबारे आफ्ना विचार व्यक्त गरेका छन्।
त्यसैगरी दोस्रो सत्रमा “Eat Clean, Live Green (Lifestyle and NCD)” विषयमा दोस्रो प्यानल छलफल सम्पन्न भएको थियो । उक्त सत्रमा रजिस्ट्रार प्रो. डा. कल्याणी मिश्र, जनस्वास्थ्य प्रशाशक रमेश बारकोटि, पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सकि एसोसिएट प्रोफेसर डा बिनिता कुमारी पौडेल, विकास क्षेत्रका लबि शाक्य रहनु भएको थियो।
उक्त विशिस्ट व्यक्तीहरुले छलफलका क्रममा जीवनशैली जन्य रोग (NCD) का चुनौती, स्वस्थ खानपान, सक्रिय जीवनशैली, र जनचेतना अभिवृद्धिका उपायहरूबारे सुझाव साझा गरेका थिए।कार्यक्रमको दुवै सत्रमा पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सका MPH महेशनाथले मोडरेटरको भूमिका निर्वाह गरेका थिए।
जनस्वास्थ्य प्रवर्द्धन, स्थानीय नेतृत्वको भूमिका, र समग्र स्वास्थ्य प्रणाली सुदृढीकरणका विषयमा गरिएको छलफल सहभागी विद्यार्थी तथा सरोकारवालाका लागि अत्यन्त उपयोगी भएको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सका विद्यार्थी तथा विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष वकिल सिंहले बताएका छन्।
यस कार्यक्रमलाई राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा जनस्वास्थ्य क्षेत्रको महत्व, चुनौती र भविष्यका सम्भावनाहरूलाई उजागर गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

