गछिया गोल्डकपको उपाधि राष्ट्रिय जागृति क्लबलाई


shiva
Single Before Content Ad

सुन्दरहरैचा /

मोरङको सुन्दरहरैंचा स्थित गछियामा मंसिर २२ गते सम्पन्न एनी प्रथम गछिया गोल्ड कप २०८२ को फाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरी, सुनसरीले गाईघाट युनाइटेड उदयपुरलाई १–० ले पराजित गर्दै पहिलो संस्करणको उपाधि उचाल्न सफल भयो। फाइनल खेलमा प्रवेश बस्नेतले दोस्रो हाफको ८औँ मिनेटमा निर्णायक गोल गर्दै टिमलाई विजयी बनाएका थिए। खेलभरि दुवै टिमले आक्रमणका अवसरहरू सिर्जना गरे पनि इटहरीको बलियो डिफेन्स र गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण स्कोर १–० मा सीमित रह्यो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मानित गरिएको थियो। प्लेयर अफ द म्याचको उपाधि प्रवेश बस्नेत (राष्ट्रिय जागृति क्लब इटहरी) ले जिते भने विश्वास चौधरी (गोलकिपर), मनीन्द्र याख्या (डिफेन्डर) र बिमल मगर (कोच) लगायतलाई नगद पुरस्कार र ट्रफि प्रदान गरिएको थियो। गाईघाट युनाइटेडबाट विवेक राई लाई बेष्ट मिडफिल्डर घोषणा गरियो। आयोजक गछिया युवा समाजबाट शिव राई र प्रदीप बुढाथोकी क्रमशः राइजिङ प्लेयर र हाई स्कोरर घोषणा भए। प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी (MVP) का रूपमा प्रवेश दनुवार लाई रु. २५,००० नगद र ट्रफि प्रदान गरिएको थियो।

फाइनल खेलको प्रमुख अतिथि पूर्व राष्ट्रिय सभा संसदीय दलका नेता रमेश जंग रायमाझी थिए। आयोजक गछिया युवा समाजले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै स्थानीय फुटबल विकासमा यसको महत्व औंल्याएको छ। पहिलो संस्करणमै उत्साहपूर्ण प्रतिस्पर्धा, उत्कृष्ट खेलाडी प्रदर्शन र दर्शकको सहभागिताले गछियालाई पूर्वाञ्चल फुटबलको प्रमुख केन्द्रको रूपमा स्थापित गरेको छ।

पुरस्कार रकम: च्याम्पियन राष्ट्रिय जागृति क्लब इटहरीले रु. २,०१०००/- र ट्रफि, दोस्रो स्थान गाईघाट युनाइटेड उदयपुरले रु. १,०१०००/- र ट्रफि प्राप्त गरे।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार