नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचा नगर अधिवेशनबाट सुमन याख्खा पुन: अध्यक्षमा चयन


shiva
Single Before Content Ad
 

सुन्दरहरैचा। एलएन गच्छदार 

नेपाल आदिवासी जनजाति महासङ्घ सुन्दरहरैंचा नगर समन्वय परिषद्को दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सुमन याख्खालाई पुन: अध्यक्ष चयन गरेको छ।

नगर अधिवेशन सुन्दरहरैंचामा भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका अगुवा, प्रतिनिधि तथा स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको थियो।

नगर उपप्रमुख अकाली चौधरीले अधिवेशनको उद्घाटन गर्दै नेपाल आदिवासी जनजातिहरूको भूमिका, हकहित र योगदानको चर्चा गरिन्। उनले भनिन्, “महासङ्घले आदिवासी जनजातिहरूको अधिकार, भाषा-संस्कृतिको प्रवर्द्धन तथा सामाजिक समावेशीकरणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ।”

पुन: अध्यक्षमा चयन भएका सुमन याख्खाले आफ्नो दोस्रो कार्यकालमा आदिवासी जनजातिहरुको हकहितको लागि अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। लामो अनुभव संगालेका याख्खाले भने, “नगरका आदिवासी जनजातिहरूको अधिकार संरक्षण, भाषा-संस्कृतिको प्रवर्द्धन तथा समान अवसरको सुनिश्चितताका लागि म निरन्तर लागिरहने छु।”

यस अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, सहभागीहरुले महासङ्घले आगामी दिनमा अझ प्रभावकारी कार्य गर्दै जाने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य वक्ताहरूले आदिवासी जनजातिहरूको योगदान, चुनौती र अवसरका विषयमा आफ्ना धारणा राखेका थिए। महासङ्घले आगामी दिनमा नगरस्तरीय कार्यक्रम तथा अभियानलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार