सुन्दरहरैंचा महिला मञ्चको तेस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा बिमला अधिकारी ढकाल


shiva
Single Before Content Ad

सुन्दरहरैंचा। शिव भट्टराई भोजपुरे /

मोरङको सुन्दरहरैंचा ७ मा रहेको सुन्दरहरैचा महिला मञ्चको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको अधिवेशन बाट संस्थाको अध्यक्षमा बिमला अधिकारी ढकाल सर्वसम्मत चयन हुनु भएको छ।

सुन्दरहरैंचा–७ मा रहेको पोखरेल वंश प्रतिष्ठानको भवनमा सम्पन्न अधिवेशनबाट संस्थाको उपाध्यक्षमा मेनुका पाण्डे आचार्य, सचिवमा जानुका ओझा, सह सचिवमा भावना भट्टराई, कोषाध्यक्षमा सरस्वती दाहाल, सह कोषाध्यक्षमा सकुन दियाली, त्यसैगरी सदस्यहरु अनुकुमारी शाह, सुमित्रा विश्वकर्मा, सिर्जना नेपाल, राधा आले मगर, मन्जु तिम्सिना, मिना बिष्ट, पार्वती राई सर्वसम्मत चयन भएका छन्।

सुन्दरहरैचा नगरपालिकाका पुर्व मेयर शिव प्रसाद ढकालको प्रमुख आतिथ्य रहेको साधारण सभामा संस्थाकि अध्यक्ष मिना ओझाको सभापतित्व रहेको थियो। निवर्तमान नगर प्रमुख शिव प्रसाद ढकालले आफ्नो सम्बोधनमा महिला नेतृत्व विकास र सामाजिक परिवर्तनका लागि यस्ता संस्थाहरूले महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो। साथै, उहाँले नगरपालिकाले महिला सशक्तीकरणका कार्यक्रमहरूलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाउनुभयो।

साधारण सभाको अवसरमा सामाजिक अभियन्ता नेत्र चौलागाईंले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै महिला सशक्तीकरणको महत्त्व बारे प्रकाश पार्नुभयो। उहाँले महिलाहरूले आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा समान अवसर पाउनुपर्ने बताउँदै, महिला मञ्च जस्ता संस्थाहरूले नेतृत्व विकासमा ठोस पहल गर्नुपर्ने उल्लेख गर्नुभयो। त्यसैगरी सुन्दरहरैचा महिला मञ्चले आयोजना गर्ने सामाजिक कार्यमा आफ्नो तर्फबाट पनि सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

नवनिर्वाचित अध्यक्षमा चयन भएपछि बिमला अधिकारी ढकालले महिला हकहित, शिक्षा, स्वास्थ्य र स्वरोजगार प्रवर्द्धनमा मञ्चले थप सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो।
कार्यक्रममा सुन्दरहरैचा ७ का वडा अध्यक्ष भुवन सिंह आले मगर, सल्लाहकार समिती सदस्य रबिन्द्र आचार्य, विनोद फुयाल लगायत नगरका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय अगुवा तथा महिला सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार