सुन्दरहरैचा नगरपालिकाले गर्यो खोप सुनिश्चितता नगर घोषणा साथै स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण


Single Before Content Ad

सुन्दरहरैचा/ सामना भट्टराई

मोरङको सुन्दरहरैचा नगरपालिका स्वास्थ्य शाखाले आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम, राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान तथा विदाई कार्यक्रम साथै स्वयंसेविकालाई साईकल वितरण कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल सरकारको नीति अनुसार राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत निःशुल्क उपलब्ध हुने सबै खोपहरु सम्पूर्ण बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र उपलब्ध गराई बालबालिकाहरुलाई स्वास्थ्य बनाउने राष्ट्रिय खोप सुनिश्चितता निर्देशिकाबाट निर्देशित सम्पूर्ण प्रक्रिया पुरा गरी सुनिश्चितता भएकोले सुन्दरहरैचा नगरपालिका आज मिति २०८० साल असार ३१ गते पूर्ण खोप सुनिश्चित पालिका भएको नगरप्रमुख केदार प्रसाद गुरागाईले घोषणा गरेका छन्। उनले पूर्ण खोप सुनिश्चितता वडा, नगर घोषणा गर्ने सम्पूर्ण प्रक्रियाहरु निरन्तर रुपमा सम्पन्न गर्दै उक्त निर्देशिका मर्म र भावना अनुसार यस कार्यक्रममा स्थानिय सरकारको अपनत्व र नेतृत्व विकाश गरि दिगोपना कायम गर्न स्थानीय सरकारको कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता जाहेर गरेका छन्।

त्यसैगरी नगरपालिकाले हाल सुन्दरहरैचा नगरपालिकामा कार्यरत ४५ जना स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण गरेको छ। घर घर टोल टोल गएर स्वास्थ्य सचेतना जगाउने, खोप लगाउन प्रोत्साहन गर्ने र नेपाल सरकारले ल्याएका विभिन्न स्वास्थ अभियानमा सहयोग पुर्याउने स्वास्थ स्वयंसेविकाहरुको सहजताको लागि उक्त साधन वितरण गरिएको हो।

त्यस्तै नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा नगरपालिकामा कार्यरत उमेर हद पुगेर सेवा बाट विदा भएका केही स्वयंसेविकाहरुलाई सम्मान साथै बिदाई कार्यक्रम समेत गरिएको स्वास्थ शाखा प्रमुख मचिन्द्र बस्नेतले बताएका छन्। त्यसैगरी यस कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिका चम्लागाई, कर्मचारी, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, समाजसेवी तथा सम्पूर्ण सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार