दुहवीमा सातौँ श्री गणेश चतुर्थी महोत्सवको रौनक सुरु


shiva
Single Before Content Ad

प्रेम गिरि,सुनसरी/

सुनसरीको दुहवीमा श्री गणेश चतुर्थी महोत्सव २०८१ को रौनक शनिबार देखि सुरु भएको छ ।दुहवी नगरपालिका वडा नं. ५ स्थित ईलाका प्रहरी कार्यालय दुहवी अगाडि श्री गणेश पुजा समिति दुहवीको आयोजनामा दुहबी नगर प्रमुख बेद नारायण गच्छदार तथा उनकी धर्मपत्नी संगीता गच्छदारले आज भगवान गणेशको बिधिवत पूजा अर्चना तथा आरती गरी गणेश चतुर्थी महोत्सवको सुभारम्भ गरेका छन्।

दुहवीमा सातौँ पटक भएको गणेश चतुर्थी महोत्सवमा भगवान गणेशको ८ फिटको प्रतिमा स्थापन गरि ६१ किलोको लड्डु भोग लगाइएको छ । गणेश चतुर्थी महोत्सवमा अहिले प्रसाद वितरण कार्यक्रम भईहरेको गणेश पुजा समितिका मोनु साहले बताए ।

आज बेलुकी स्थानिय झाँकी सहित स्थानिय तथा भारतीय कलाकारहरुबाट संगित भजन किर्तन हुनुकासाथै दुइ दिनसम्म बिहान र बेलुकी पुजा आरती र भजन संध्याको कार्यक्रम रहँने साहले बताए ।

दुहवीमा सातौँ पटक हुन गईरहेकाे महोत्सवमा पूजा समितिले ८ देखि १० हजार भक्तजनहरु सहभागी हुने अनुमान गरेको छ। उक्त महोत्सवलाई सफल गराउन महोत्सवलाइ भव्यरुपमा सम्पन्न गर्नका लागि ५० जना युवा स्वंयमसेवकहरुले अहोरात्र खटने गणेश पूजा समितिले जनाएको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार