प्रविधी पुजा गर्दै चलचित्र ‘बलिदान’को शुभसाइत सुन्दरहरैचामा


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

प्रविधि पूजा गर्दै निर्माण पक्षले शुक्रबार मोरङको सुन्दरहरैचा ८ चद्रनगर स्थित पाथीभरा माता मन्दिरमा ‘बलिदान’को शुभसाइत गरेको छ।

चलचित्रमा भारतका प्रख्यात टेक्निसियन, क्यामेरा, डली लगायत भारत र नेपालका दक्ष अपरेटर, सम्पूर्ण निर्देशन, टेक्निकल र आर्ट डिपार्टमेन्टका क्रु सदस्यहरूसहित शुभसाइत गरिएको चलचित्रका निर्माता/निर्देशक सन्तोष सेनले जानकारी दिनुभयो ।

चलचित्रमा समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा हुनुहुन्छ । यस्तै अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसक्नुभएको छ । यही वर्ष रिलिज हुने चलचित्रको पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । सिनेमाको छायांकन करिब ६० प्रतिशत स्टुडियोमा नै हुनेछ ।

आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने चलचित्रमा निर्माताका रूपमा पवन ब्राडफोर्ड विस्ट तथा सह–निर्माता प्रेम पुरी रहनुभएको छ ।त्यसैगरी यस चलचित्रको कथाकार बलिराम चौहान ग्याट्सबाई रहेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार