फेरि पनि भलिवल (छात्रा) उपाधिमा ब्राइट फ्युचर सेकेण्डरी स्कूलको वर्चस्व


shiva
Single Before Content Ad

सुन्दरहरैचा। जेष्ठ २२ गते

एल.एन. गच्छदार / सुन्दरहरैंचा नगरपालिका–८ स्थित ब्राइट फ्युचर सेकेण्डरी स्कूलले एकपटक फेरि भलिवल (छात्रा) उपाधिमा आफ्नो पकड कायम राख्न सफल भएको छ। प्याब्सन स्पोर्ट मिटमा नगर र जिल्ला हुँदै प्रदेश च्याम्पियन बनिसकेको यस विद्यालयका छात्रहरूले यसपालिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत सुन्दरहरैंचालाई प्रतिनिधित्व गर्दै प्रथम स्थान हात पारेका छन्।

प्रतियोगितामा रतुवामाई लगायतका अन्य विद्यालयलाई पछि पार्दै ब्राइट फ्युचरले जिल्ला छनोट चरणमा प्रथम स्थान सुनिश्चित गरेको हो। यस जितसँगै अब विद्यालयका छात्रहरू प्रदेश स्तरको प्रतियोगितामा सहभागी हुने छन्। विद्यालय पक्षले आशा व्यक्त गरेको छ कि प्रदेशमा समेत उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने मौका उनीहरूले पाउनेछन्।

यस्तै, जेठ ५, ६ र ७ गते झापा, धुलावारीमा सम्पन्न छात्रा भलिवल खुल्ला प्रतियोगितामा पनि ब्राइट फ्युचरका छात्रहरूले खोटाङ जिल्लालाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएका थिए। निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका विद्यार्थीहरूले यसपालिको राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत भलिवल (छात्रा) राष्ट्रिय उपाधि जित्ने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।

ब्राइट फ्युचर सेकेण्डरी स्कूलले विद्यार्थीहरूको खेलकुद क्षेत्रमा देखिएको प्रगति र समर्पणले आगामी दिनमा राष्ट्रियस्तरमा विद्यालयको प्रतिष्ठा झनै उचो बनाउने अपेक्षा गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार