शिव भट्टराई भोजपुरे, भाद्र ६ गते
भट्टराई सेवा समाज दोहा कतार (BHATTARAI WELFARE SOCIETY DOHA–QATAR) को आयोजनामा भट्टराई बन्धुहरूबीच भेटघाट, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कतारमा रहेका भट्टराई बन्धुहरूको सहभागिता रहेको थियो। भेटघाटका क्रममा आपसी भाइचारा, एकता, सहकार्य तथा समाजलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी जीवन भट्टराईले विदेशमा रहे पनि भट्टराई बन्धुहरूबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै आपसी सहयोग र सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। उहाँले यस्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमले बन्धुहरूबीच आत्मीयता बढाउनुका साथै सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा आगामी दिनमा समाजका गतिविधिलाई थप प्रभावकारी बनाउने तथा भट्टराई बन्धुहरूको हितमा विभिन्न सामाजिक कार्यलाई प्राथमिकता दिने विषयमा समेत छलफल भएको थियो।




