म बीपीले जन्माएको काँग्रेसको रुख चिन्हमा छु-डा.शुनिल शर्मा


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

काँग्रेसका नेता तथा निवर्तमान प्रतिनिधिसभा सांसद डा.सुनिल शर्माले गगन थापाले निर्वाचन आयोगबाट काँग्रेसको बैधता प्राप्त गर्नु समग्र काँग्रेसको जीत भएको प्रतिक्रिया दिएका छन्।
आजका समाचारसँग प्रतिक्रिया दिँदै नेता शर्माले यो कसैको जीत र कसैको हार नभई समग्र काँग्रेसको जीत भएको उल्लेख गरे।
उनले भने–अव पार्टीमा शीर्ष नेताहरु सल्लाहाकारको रुपमा बस्ने र युवाहरुले पार्टी चलाउने हो।
उनले बीपीले जन्माएको नेपाली काँग्रेस(रुख) चिन्हमा आफू हुने बताएका छन्। आफू हिजो पनि काङ्ग्रेस फुट्नु हुन्न भन्ने पक्षमा रहेको र आज पनि एकताको काङ्ग्रेसको पक्षमा रहेको बताए। शर्माले जहाँ विपिको सिद्धान्त हुन्छ आफू त्यही रहने बताए।

गगन विश्व समूहले भृकुटीमण्डपमा आयोजना गरेको विषेश महाधिवेशनमा डा शर्माले नवीन र सुधारिएको कांग्रेस बनाउनुपर्ने पक्षमा तर्क राखेका थिए।शर्माले आफू देउवा पक्ष र गगन(विश्व पक्ष तर्फ नभई नेपाली काँग्रेसमा रहने बताए। उनले निर्वाचनको मुखमा काँग्रेस एक भएर अघि बढ्न आग्रह पनि गरे। शर्मा फागुन २१ मा हुन प्रतिनिधि सभाको निर्वाचनको लागि मोरङ क्षेत्र नं ३ मा नेपाली काँग्रेसको तर्फबाट एकल सिफारिस भएका छन।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार