पूर्वाञ्चल विश्वविद्यालय जाने सडक नमुना मार्गको रुपमा निर्माण हुन्छ : मेयर गुरागाई


shiva
Single Before Content Ad

योगेन्द्र योगी
बिराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईले पूर्वाञ्चल विश्वविद्यालय जाने सडक नमुना मार्गको रुपमा निर्माण गरिने बताएका छन्।

नेपाल सरकार र विश्व बैंकको सहयोगमा मुलक २७ वटा पालिकाहरुमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत हुने उक्त आयोजना सुन्दरहरैँचा नगरपालिका भित्र निर्माण हुन् लागेको नगर प्रमुख गुरागाईले बताए।

पूर्वाञ्चल विश्वविद्यालय जाने सडकलाई नमुना मार्गको रुपमा निर्माण गरिने उनको भनाइ छ। निर्माण हुन् लागेको सडकको अवलोकन गर्दै उनले सबै प्रक्रिया पूरा भईसकेकाले अब कामले गति लिने बताए।

त्यस क्षेत्रका स्थानीयहरुलाई नगरपालिकामा बोलाएर डिस्प्ले गरेर सडकको बारेमा जानकारी गराईसकिएको समेत उनले बताए। सडकको दुवै तर्फ आकर्षक बगैचा रहेन र अबको १५ महिना भित्र निर्माण कार्य सम्पन्न हुनेछ। सुन्दरहरैचा ८ का वडा सदस्य रोशननाथ उप्रेतीका अनुसार बाटोको बिषयमा विवाद गर्न कुनै आवश्यक नरहेको बताए।

गत बैशाख १० गते हेटौडा मकवानपुरको लामा - बानिया जेभी र सुन्दरहरैचा नगरपालिका बीच ३५ करोड ८५ लाख २३ हजार ६ सय ६९ रुपैयामा ठेक्का सम्झौता भइसकेको छ। आयोजना अन्तर्गत चन्दनगर -विश्वबिद्यालय गोठगाउ सडक खण्ड ४ किलोमिटर ७ सय सैतीस मीटर र महेश्वर सुब्बा मार्ग -लाटीझोडा सडकखण्ड ५ किलोमिटर ७५ मिटर सडक निर्माण हुनेछ।

वडा नं. ६, ७ र ८ मा सञ्चालन हुने आयोजना अन्तर्गत डवल लेनको बाटो,दुवै तर्फ सडक बत्ती,दुवै तर्फ फुटपाट दुवै तर्फ पक्की ड्रेन हुने नगरपालिकाले गरेको सम्झौतामा उल्लेख गरिएको छ। यस्तै,८ वटा पाइप कल्भट र १४ वटा बक्स कल्भटका साथै,सम्पूर्ण ट्राफिक सिगनल सहित सडक कालोपत्रे हुनेछ। आयोजना २०८२ जेठ ३२ गते भित्रमा सम्पन्न हुनेछ ।

उक्त आयोजनाको जेठ १० गते एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास गरेका थिए। पछिल्लो समय नगर प्रमुख गुरागाईले नगरभित्र निर्माण भईरहेको आयोजनाहरुको अनुगमन तथा निरिक्षण गर्ने कामलाई तीव्रता दिएका छन्। अनुगमनका क्रममा उनले आफ्नो कार्यकालमा नगरबासीले समझन लायकको काम गर्ने बताएका छन्।

नगरभित्र निर्माण भइरहेको आयोजनाहरुको अनुगमन गर्दै मेयर गुरागाई

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार