श्री इन्द्रपुर इङ्ग्लिस बोर्डिङ स्कुलमा स्वागत तथा दीक्षान्त समारोह सम्पन्न


Single Before Content Ad

सुन्दरहरैँचा, मोरङ । मोरङको सुन्दरहरैँचा–१२ स्थित श्री इन्द्रपुर इङ्ग्लिस बोर्डिङ स्कुल (SIEBS) मा “फर्स्ट SIEBS किड्स आइकन–२०८३”, स्वागत कार्यक्रम, दीक्षान्त समारोह तथा शैक्षिक पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

 विद्यालय परिसरमा आयोजित कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूको स्वागत, नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति, किड्स आइकन प्रतियोगिता, दीक्षान्त समारोह तथा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, कविता तथा विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल खम्बसिंह बस्नेत ले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सिर्जनशीलता अभिवृद्धिमा विशेष ध्यान दिँदै आएको बताए। उनले भने, “पढाइमा मात्र उत्कृष्ट हुनु पर्याप्त हुँदैन, विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन, नैतिक मूल्य र नेतृत्व क्षमताको विकास पनि आवश्यक छ। यस्ता कार्यक्रमले बालबालिकाको लुकेको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छन्।”

बस्नेतले विद्यालयले आगामी दिनमा पनि विद्यार्थीकेन्द्रित, व्यवहारिक तथा प्रतिस्पर्धात्मक शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहका अवसरमा शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार