लागुऔषधविरुद्धको महाअभियानमा नेपाल प्रहरी


shiva
Single Before Content Ad

केराबारी, मोरङ । "Say Yes To Life, No To Drugs" भन्ने मूल नाराका साथ केराबारी गाउँपालिकाको सहयोग तथा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको आयोजनामा सञ्चालित लागुऔषध दुर्व्यसनविरुद्धको महाअभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मगर मिरिङचिङको प्रमुख आतिथ्य रहेको थियो भने मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको विशेष आतिथ्यता रहेको थियो।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कबित कटवालको अध्यक्षता रहेको थियो भने कार्यक्रम सञ्चालन प्रहरी वरिष्ठ नायव निरीक्षक देवेन्द्र सुवेदीले गरेका थिए।

कार्यक्रमका क्रममा नेपाल प्रहरीको टोलीले जनचेतनामूलक गीतमा आकर्षक नृत्य प्रस्तुति दिएको थियो। नृत्यमार्फत लागुऔषध दुर्व्यसनका दुष्परिणामबारे सहभागीहरूलाई सचेत गराउनुका साथै विशेषगरी युवापुस्तालाई कुलतबाट टाढा रही सकारात्मक जीवनशैली अपनाउन प्रेरित गरिएको थियो। सन्देशमूलक उक्त प्रस्तुति कार्यक्रममा उपस्थित दर्शकहरूको विशेष आकर्षणको केन्द्र बनेको थियो।

प्रमुख अतिथि सुमन मगरले लागुऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि स्थानीय तह, प्रहरी, अभिभावक तथा समुदायबीच सहकार्य आवश्यक रहेको बताए। उनले युवाहरूलाई सचेत र जिम्मेवार नागरिक बन्न आग्रह गर्दै यस्ता जनचेतनामूलक अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार समुदायमा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले महाअभियान सञ्चालन गरिएको हो। कार्यक्रममार्फत युवालाई लागुऔषधको जोखिमबारे जानकारी दिँदै सुरक्षित, सभ्य र जिम्मेवार समाज निर्माणमा योगदान पुर्‍याउने सन्देश प्रवाह गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार