उर्लाबारी नगरपालिका दमकल शाखा द्वारा तिहार लगायत पर्वको शुभकामना सहित सचेत भएर पर्व मनाउन अपिल


shiva
Single Before Content Ad

निश्चल ढकाल । उर्लाबारी /

मोरङको उर्लाबारी नगरपालिका दमकल शाखाले नेपालीहरुको महान पर्व तिहार ,छठ,नेपाल संवत् लगायत पर्वको शुभकामना प्रदान गरेको छ।आज उर्लाबारी नगरपालिका दमकल शाखाले हिजो बाट सुरु भएको नेपालीहरुको दोस्रो ठुलो चाड तिहार,आउदै गरेको छठ,नेपाल संवत् लगायत पर्वको शुभकामना दिएको हो ।दमकल शाखाले शुभकामना सन्देशमा भनेको छ": नेपालीहरुको दोस्रो ठुलो चाड तिहार ,छठ,नेपाल संवत् लगायत पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपाली आमाबुवा,दाजुभाइ ,दिदीबहिनी ,नेपाली भाषि तथा आम उर्लाबारी नगरबासिमा सुख,शान्ति ,समृद्धि ,सु- स्वास्थ्य ,दिर्घायुको कामना साथै उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ ।

यसैबिच उर्लाबारी नगरपालिका दमकल शाखाले तिहार विभिन्न बत्ति तथा झिलिमीलिको पर्व भएकाले आगलागीको घटना हुन सक्ने भन्दै आम उर्लाबारी नगरबासि साथै जनतालाई सचेत हुन आग्रह गरेको छ। दमकल शाखाले यो समयमा विभिन्न पटेका पड्काउने क्रममा परालको मार्च , घर ,गोठ लगायत वस्तुहरुमा आगलागी हुने बताउदै त्यस्तो वस्तु प्रयोग नगर्न र गर्दा खालि ठाँउमा गएर पड्काउन आग्रह गरेको छ।यसैगरी शाखाले बिजुली सर्ट भएर आगलागी हुन सक्ने भन्दै झिलिमीलि साथै घरको वाइरिङ नियमित जाँच गर्न अपिल गरेको छ।

यस्तै शाखाले आफुहरु चाडपर्वको समयमा पनि जनताको सेवाको लागि २४ सै घण्टा तयारी अवस्थामा रहेको जनाएको छ।शाखाले यो पर्वको समयमा कतै आगलागी नहोस् भनी कामना रहेको र यदि कुनै कारण आगलागी भएको खण्डमा उर्लाबारी नगरपालिका दमकल शाखाको नम्बर 021542000 वा 9852042459 मा तुरुन्तै सम्पर्क गर्न भनेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार