किवानिस क्लब अफ सुन्दरहरैंचाको नयाँ नेतृत्वमा पार्वती गच्छदार


shiva
Single Before Content Ad

पौष ९ गते/ सुन्दरहरैंचा

अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गत बालबालिका र पर्यटनको क्षेत्रमा काम गर्दै आएका किवानिस क्लव अफ सुन्दरहरैंचाको अगामी कार्यकालका लागि समाजिक अभियन्ता पार्वति गच्छदार चयन भएकी छिन ।

प्रदेशस्तरीय डिभिजिन १ ले आयोजना गरेको बैठकमा किवानिस क्लब अफ च्याटर प्रेसिडेन्ट शंकर बंजगाईंले इलेक्टेड प्रेसिडेन्ट गच्छदारलाई ग्यावल हस्तान्तरण गरेका छन्।निर्वाचित उपाध्यक्ष यादव पौडेल , उपाध्यक्ष हर्कराज राई, लगायत २१ सदस्यीय समिति चयन भएका छन।

गच्छदार महिला तथा बालबालिकाको क्षेत्रमा बिगत एक दशक देखि समाजिक क्षेत्रमा काम गर्दै आएकी छिन। आफ्नो कार्यकालमा बालबालिकाको लागि क्यान्सर तथा आँखा सम्बन्धि स्वास्थ्य शिविर, गरिव बिद्यार्थी २३ जनालाई एक वर्ष सम्म स्टेशनरी समान बितरण, बालबालिकाकालाई क्षमता अभिबृद्धि गर्न मनोबिर्ष तालिम कार्यक्रम लगायत योजना बुनेको बताईन।

इटहरीको इन्टुरिजम होटेलमा भएको कार्यक्रममा १६ जना सदस्यबाट बिस्तार गर्दैं ५ सय थप गरेकोमा किवानिस क्लव नेपाल डिस्ट्रीक गर्भनर तिर्थ कुमार सिंहले नवप्रवेशी सदस्यलाई किवानिस पिन प्रदान गरेर स्वागत गरेका छन। । गर्भनर सिंहले बालबालिका क्षेत्रमा सेवा गर्दै आएको यस संस्थाप्रति बफदार भएर सेवा गर्न किवानिस सदस्यलाई प्रेरित गरेका छन।आगामी दिनमा विशेष गरेर बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्ने, बालबालिकालाई शारिरीक,बौद्धिक, सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष गच्छदारले बताइन।

 

सो पदस्थापन कार्यक्रममा किवानिस क्लवका डिष्ट्रिक सेक्रेटरी युवराज न्यौपाने अर्थ संयोजक शिव बहादुर काफ्ले, किवानिस क्लव अफ इटहरीकी अध्यक्ष मनिता तामाङ , किवानिस क्लव अफ इटहरीका सस्थापक अध्यक्ष सुहाम खेवा लिम्वु लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार