सुन्दरहरैचा, एलएन गच्छदार
सुन्दरदुलारी उद्योग वाणिज्य संघ, सुन्दरहरैंचा–गछियाको ११ औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष श्री जीवनप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोरङ जिल्ला समन्यवय समितिका अध्यक्ष अजम्बर राई, निवर्तमान नगरका प्रमुख शिव प्रसाद ढकाल, छिमेकी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, उद्योगी, व्यापारी तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि अजम्बर राईले संघको आगामी नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्ने सुझाव दिंदै यो संघले व्यावसायिक हकहितसँगै सामाजिक उत्तरदायित्व पनि उत्कृष्ट ढंगले निर्वाह गरिरहेको बताए।
उक्त अवसरमा निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालले विगतका अध्यक्षहरूको योगदानको मूल्याङ्कन गर्दै संघको निरन्तर सक्रियता सराहनीय रहेको बताए। उनले भने, “देशको आर्थिक विकासको मेरुदण्ड भनेकै उद्योगी र व्यापारी वर्ग हो। उनीहरूले सिर्जना गर्ने रोजगारी, राजस्व र उत्पादनले नै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएको छ।”
ढकालले स्थानीय, प्रदेश र संघीय सरकारहरूले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अपनाउनु जरुरी रहेको उल्लेख गर्दै, सुन्दरदुलारी उद्योग वाणिज्य संघजस्ता संस्थाले स्थानीय विकासमा खेलेको भूमिकाले अरूलाई पनि प्रेरणा दिएको बताए।
सभामा अध्यक्ष ढुंगानाले संस्थाको ११ वर्षे यात्राको समिक्षा गर्दै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले संघ स्थापना कालदेखि हालसम्मका उपलब्धिहरू, चुनौतीहरू, तथा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको कार्यहरूबारे विस्तृत विवरण दिएका थिए।
संस्थाको स्थापना वि.सं. २०७१ सालमा साविक सुन्दरदुलारी नगरपालिकालाई कार्यक्षेत्र बनाई गरिएको थियो। स्थानीय तह पुनर्संरचनासँगै कार्यक्षेत्र सुन्दरहरैंचा नगरपालिका भइसकेको अध्यक्ष ढुंगानाले जानकारी गराए।
प्रमुख अतिथि अजम्बर राईले संघको आगामी नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्ने सुझाव दिंदै यो संघले व्यावसायिक हकहितसँगै सामाजिक उत्तरदायित्व पनि उत्कृष्ट ढंगले निर्वाह गरिरहेको बताए।
उक्त अवसरमा निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालले विगतका अध्यक्षहरूको योगदानको मूल्याङ्कन गर्दै संघको निरन्तर सक्रियता सराहनीय रहेको बताए। उनले भने, “देशको आर्थिक विकासको मेरुदण्ड भनेकै उद्योगी र व्यापारी वर्ग हो। उनीहरूले सिर्जना गर्ने रोजगारी, राजस्व र उत्पादनले नै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएको छ।”
ढकालले स्थानीय, प्रदेश र संघीय सरकारहरूले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अपनाउनु जरुरी रहेको उल्लेख गर्दै, सुन्दरदुलारी उद्योग वाणिज्य संघजस्ता संस्थाले स्थानीय विकासमा खेलेको भूमिकाले अरूलाई पनि प्रेरणा दिएको बताए।
संस्थामा हालसम्म ८७६ जना व्यवसायी सदस्य आवद्ध भइसकेका छन् भने ५२० जनाले सदस्यता नविकरण गरिसकेका छन्। संघको संचालक समितिमा १५ सदस्य र १ जना कर्मचारी कार्यरत छन्।
संस्थाले सञ्चालन गरेका मुख्य कार्यक्रमहरू:
रक्तदान कार्यक्रम – २ पटक
होलीमिलन – १ पटक
कर तथा नापतौलसम्बन्धी कार्यक्रम – ३ पटक
B2B कार्यक्रम – ५ पटक
शेयर बजार र आर्थिक विधेयकसम्बन्धी सचेतना कार्यक्रम – विभिन्न अवसरमा
संघले स्थानीय, प्रदेश तथा राष्ट्रियस्तरका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। साथै, प्रतिनिधिहरूले काठमाडौँ, विराटनगर, विर्तामोड, आसाम (भारत) लगायतका स्थानमा आयोजना भएका गोष्ठी, अधिवेशन तथा महोत्सवहरूमा संघको तर्फबाट सहभागी भएका छन्।
संघको भवन निर्माण प्रगति:
संघको भवन निर्माण कार्य तीन चरणमा सम्पन्न भएको छ:
पहिलो चरण: नगरपालिकाबाट रु. ९० लाख र संघबाट रु. ९.७१ लाख गरी रु. ९९.७१ लाखको कार्य सम्पन्न
दोस्रो चरण: नगरपालिकाबाट रु. ३० लाखको विनियोजनमा श्रम साझेदारीमार्फत सम्पन्न
तेस्रो चरण: वडा नं. २, ३, ४, ७ बाट कुल रु. १४.५ लाखको सहयोगमा वाल, प्लाष्टर, शौचालय आदि निर्माण
भवन निर्माण अझै अधूरो रहेकाले कार्यक्रममार्फत सरकार र सरोकारवालाहरूसँग थप सहयोगको अनुरोध गरिएको छ।
कार्यक्रममा संघकी सदस्य कविता यादव (नेपाल टेन्ट हाउस एण्ड क्याटरिङ, सुन्दरहरैंचा–५) लाई नियमित सदस्यता नविकरण र सक्रियताका लागि सम्मान गरिएको छ।
त्यसैगरी, भवन निर्माणमा आर्थिक तथा जिन्सी सहयोग पु¥याउने २४ जना दाताहरूप्रति विशेष धन्यवाद व्यक्त गरिएको थियो।
कार्यक्रमको समापनमा अध्यक्ष ढुंगानाले नयाँ कार्यसमिति चयन हुन गइरहेको भन्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रस्तुत प्रतिवेदन सभामा अनुमोदनका लागि राखेका थिए।