सुन्दरहरैंचा-९ मा फोहर वर्गीकरण तथा सरसफाइ कार्यक्रम सम्पन्न


shiva

सुन्दरहरैंचा,  असार १९, २०८२

सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ मा फोहर वर्गीकरण तथा सरसफाइ सम्बन्धी कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। नगर प्रमुख केदार प्रसाद गुरागाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सरसफाइ सचेतना, फोहर वर्गीकरण र समाजिक सहभागिताको महत्वमा जोड दिइयो। 

कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख गुरागाईंले स्थानीय तहको पहलमा वातावरण संरक्षणको अभियान थप प्रभावकारी बन्दै गएको बताए। उनले सरसफाइ अभियानहरूलाई निरन्तरता दिन वडावासीलाई आग्रह गरे।

वडा अध्यक्ष प्रकाश श्रेष्ठले वडाभित्र फोहर व्यवस्थापनलाई व्यवस्थित गर्नका लागि जनसहभागिता र सचेतनालाई पहिलो प्राथमिकतामा राखिएको जानकारी गराए। सामाजिक अभियन्ता नेत्र चौलागाईंले वातावरण स्वच्छ राख्न फोहोर वर्गीकरण अनिवार्य रहेको उल्लेख गरे।

कार्यक्रम हसिना मिडिया प्रा.लिको सहजीकरणमा र वडा नं. ९ कार्यालयको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा कार्यपालिका सदस्य रुक्मणि घिमिरेले सहभागीहरूका प्रतिकृया सकारात्मक रहेको र तालिम उपलब्धिमूलक रहेको बताइन्।

तालिमको सहजीकरण सुदीप भण्डारी र एलएन गच्छदारले गरेका थिए। हसिना मिडिया प्रा.लिका प्रबन्ध निर्देशक शिव भट्टराईको संयोजकत्वमा सम्पन्न कार्यक्रमको विशेष आकर्षणका रूपमा वडा भित्र रहेका विभिन्न विद्यालय, मठ–मन्दिरमा डस्टबिन वितरण तथा टोल विकास संस्थाहरूको अगुवाइमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो।

नगर प्रहरीको सक्रिय सहभागिता र सुरक्षात्मक भूमिकाले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएका छन्।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x