ईपीएसका हाकिम ,प्रहरिका डिएसपी र भौतिक पुर्वाधार मन्त्री ज्वालाको अंगरक्षकलाई निलम्बन गर्न प्रचण्डको निर्देशन


shiva
Single Before Content Ad

उर्लाबारी /

ललितपुरको बालकुमारीमा शुक्रबार दुई जनाको मृत्यु हुने गरि भएको घटनामा दोषी देखिएको भन्दै सरकारले ईपीएस कोरिया शाखाका हाकिम ,फिल्डमा खटिएका प्रहरीका डिएसपी र मन्त्री प्रकाश ज्वालाका अंगरक्षक (प्रहरीलाई ) निलम्बन गर्ने भएको छ ।तीन नै जनालाई निलम्बन गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। कोरिया भाषा परीक्षामा रोक लगाएर युवाहरूलाई उत्तेजित र आक्रोश बनाएको ,उनिहरुलाइ परीक्षा दिन बन्चित गरेको र त्यसैको आक्रोशको रुपमा युवाहरुले शुक्रबार प्रदर्शन गरेको भन्दै सरकारले इपीएस शाखाका हाकिमलाई निलम्बन गर्न लागेको हो।

इपिएस शाखामा महानिर्देशक डण्डुराज घिमिरे छन् भने निर्देशक गुरुदत्त सुवेदी छन् । बालकुमारी घटनामा सुवेदी दोषी रहेको भन्दै उनलाई निलम्बन गर्न लागिएको स्रोतको भनाइ छ।त्यसैगरी बालकुमारीमा प्रहरी कमाण्ड खटिएका डिएसपी पनि दोषी रहेकोले उनलाई पनि निलम्बन गर्ने स्रोतले जानकारी दियो। यता भौतिक तथा पुर्वाधार मन्त्रीका अंगरक्षकले सडकको अवस्था कस्तो छ भनी रिपोर्टिङ नलिइ लापरबाही गरेकाले उनलाई पनि निलम्बन गर्ने स्रोतले बताएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार