मेयर र उपमेयरद्वारा सुन्दरहरैचा ५ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ। बुधबार नगर प्रमुख केदार प्रसाद गुरागाई र उप–प्रमुख अंकली चौधरीले भवनको उद्घाटन गरेका हुन्।

नगरप्रमुख गुरागाईले सहज सेवा प्रवाहका लागि व्यवस्थित वडा भवनको आवश्यकता महसुस गरी वडा कार्यालय भवन निर्माण गरिएको बताउनुभयो । १२ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भइसकेको बताएका छन्। अब बन्न बाँकी रहेको दुई वडा ७ र १० को पनि क्रमिक रुपमा नयाँ भवन निर्माणका लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने बताएका थिए।

नयाँ भवनमा कर्मचारीहरुले पनि जोस जाँगर लगाएर काम गर्नुपर्ने बताउँदै प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले कानुनको परिधि भित्र रहेर काम गर्न त्यस वडाका कर्मचारीहरुलाई निर्देशन दिएका थिए।कार्यक्रम सुन्दरहरैचा ५ का वडाध्यक्ष गणेश चौधरीले आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको थियो तर अब यसबाट वडाबाट दिइने सेवाहरू व्यवस्थित तरिकाले दिने उनले बताएका छन्।वडा कार्यालयको भवन ४९ लाख ४३ हजार १२६ रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको उनले बताए।

कार्यक्रममा वडा कार्यालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने दुई परिवारलाई कदर पत्र सहित सम्मान गरिएको थियो।भवन उद्घाटन कार्यक्रममा उपस्थित स्थानीयबासीले भवन निर्माण भएकोमा अब वडा कार्यलयको सेवा व्यवस्थित हुने आशा गर्दै खुसी व्यक्त गरेका थिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार