सुन्दरहरैचामा एक पुरुषको रहस्यमय मृत्यु


shiva
Single Before Content Ad

मोरङको सुन्दरहरैँचामा आइतबार दिउँसो भारतीय नागरिकको शव फेला परेको छ ।सुन्दरहरैँचा नगरपालिका–१२ मा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको र शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।खानले भाँडावर्तन बनाउने फ्याक्ट्रीमा काम गर्ने गरेको प्रहरीले जनाएको छ ।

घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले बताए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार