ड्राइभिङ स्कुल संघ कोशी प्रदेशले गर्याे ९ जनालाई सम्मान


shiva

सुन्दरहरैचा। बैशाख ७

ड्राइभिङ स्कुल संघ नेपाल कोशी प्रदेशले आज आफ्नो पाँचौँ वार्षिक साधारण सभाको अवसरमा ९ जना व्यक्तिलाई सम्मान गरेको छ । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सम्मान गर्नुभएको थियो ।

सम्मानित हुनेहरुमा ट्राफिक चालक नारायण प्रधान, जलदेवी ड्राइभिङ सेन्टरका प्रोप्राइटर खगेन्द्र कार्की, आयुष पियुष मोटर ड्राइभिङ सेन्टर सेन्टरका सञ्चालक कर्ण रायमाझी  हुनुहुन्छ । सवारी चालक अनुमतिपत्र कोशीका शाखा अधिकृत रमेशप्रसाद दाहाललाई कदरपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, कोशी प्रदेशबाट ड्राइभिङ सघ नेपालको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने गोपालप्रसाद घिमिरे (केन्द्रीय वरिष्ठ उपाध्यक्ष), बाबुराम प्रधान (केन्द्रीय उपाध्यक्ष), साधुराम थापा ‘मनिष’ (केन्द्रीय सदस्य), भुपेन्द्रबहादुर थापा (केन्द्रीय सदस्य) र अनन्त घिमिरे (केन्द्रीय सदस्य)लाई सम्मान गरिएको हो ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x