सुन्दरहरैचामा महिलाहरुलाई नौमती बाजा बजाउने तालिम सम्पन्न, सहभागीहरुलाई प्रमाणपत्र वितरण


shiva
Single Before Content Ad

योगेन्द्र योगी/

मोरङको सुन्दरहरैचामा विदेशबाट फर्किएका ९ जना महिलाहरुले नौमती बाजा बजाउने सम्बन्धी तालिम पुरा गरेका छन् । आमकास नेपाल मोरङको आयोजना तथा सुन्दरहरैचा नगरपालिका १२ को सहयोगमा ९ जना महिला दिदीबहिनीहरुलाई नौमती बाजा बजाउन १५ दिनको तालिम दिएको हो।

नयाँ पुस्तामा नौमती बाजा प्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला आमकास नेपाल मोरङ र सुन्दरहरैचा नगरपालिका -१२ को सहयोगमा नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि स्थानीय महिलालाई नौमती बाजा प्रशिक्षणको तालिम दिईएको आमकास नेपाल मोरङकी अध्यक्ष उमादेबि सेढाईले बताईन्।

वैदेशिक रोजगारभन्दा देशभित्रै रोजगारीको अवसर खोज्न महिलाहरुलाई अध्यक्ष सेढाईले आग्रह गरिन् । उनले भनिन् , ‘विदेशमा शोषित पीडित हुनुपरेको सुन्दा दुःख लाग्छ, हामी महिलाले एक भएर देशभित्र धेरै गर्न सक्छौं त्यहिँ भए तालिमको आयोजना गरिएको हो अब सीप सिक्नु भयो देश मै केहि गर्नुपर्छ ।’पञ्चेबाजामा दमाह, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ रहेका छन् । नौ जना वाद्यवादक लोक कलाकारले सुर र ताल मिलाएर एकै पटक बजाइने भएकाले यो बाध्य समूहलाई नौमती बाजा भनिएको हो ।

तालिमको समापन गर्दै सुन्दरहरैचा १२ का वडाअध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले विदेशबाट फर्किएका महिलाहरुलाई आत्मनिर्भर बनाउन र आधुनिक बाजाको प्रभावले नेपाल र नेपालीको मौलिकता ओझेलमा परिरहेको महसुस गरी मौलिक बाजाको प्रशिक्षण मार्फत सांस्कृतिक जगेर्ना गर्न तालिम फलदायी भएको बताए।

कला संस्कृतिको जगेर्नामा सबै जाति र समुदाय लिङ्गको दायित्व बराबरी हुनेभएकाले समेत महिला लक्षित तालिमको आयोजना गरिएको वडा सदस्य निलम थापाको भनाइ छ । तालिम सिकेका महिलाहरुलाई नगरपालिकाले बाजाको सेट खरिद गर्ने नगरका सामाजिक साखाका अधिकृत अनिल पोखरेलले बताए।

तालिम सिकिसकेपछि प्रतिक्रिया दिंदै उनीहरुले आफूहरुले सिकेको सीप अब व्यवहारमा पनि लागू गर्ने बताएका छन्। कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै तालिममा सहभागीहरुले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने उनीहरुको भनाइ थियो ।

तालिममा सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो। नौमती बाजा नेपाली धार्मिक, एवं सांस्कृतिक सम्पदाको रुपमा विवाह, व्रतबन्ध, विदेशी पाहुनाको स्वागत र बिदाइ, राष्ट्रिय–अन्तर्राष्ट्रिय सभा समारोहदेखि विशेष कार्यक्रममा बजाइने गरिन्छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार