भारतबाट दिनहुँ दुग्धजन्य पदार्थ भित्रिए पछि दुग्ध किसान मारमा


shiva
Single Before Content Ad

एलएन गच्छदार/

कोशी प्रदेश दुग्धमा निर्भर भनिए पनि यति बेला दुग्ध किसान मारमा परेका छन्। खुल्ला सिमानाका कारण भारतबाट दिनहुँ दुग्धजन्य पदार्थ भित्रिए पछि दुग्ध किसान मारमा परेका छन्। जथाभावी रुपमा भारतबाट आउने दुग्धजन्य पदार्थको खपतलाई सरकारले रोक्न नसकेका कारण दुग्धको लागत मूल्य घटाउनु पर्ने माग गर्दै आएका छन्।

विडम्बना देशभित्रै उत्पादन र खपत हुनु पर्ने तर देशको आर्थिक मन्दीले समेत सबै क्षेत्र असर परेको छ। ग्रामीण क्षेत्रका किसान दूध नबिकेर पुर्पुरोमा हात राख्न बाध्य छन। अर्को तर्फ दुग्धबाट उत्पादित पदार्थ बिक्रि नहुदाँ किसानलाई भुक्तानी समेत गर्न नसकेको अवस्था सृजना भएको छ।

सुनसरीको तरहरास्थित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष यादव ढकालका अनुसार उत्पादित दुग्धजन्य पदार्थहरु नौनी घिउ, पाउडर दूध र चिज गरी करिब १० करोड रुपैयाँ बराबर सामग्री बिक्री हुन सकेको छैन ।

कोशी प्रदेशमा रहेका दर्जनभन्दा बढी डेरीहरुमा नौनी घिउ, पाउडर दूध, छुर्पी, चिज जस्ता पदार्थहरु बिक्री नभएर थन्किएको हो । कोशी प्रदेशमा १ अर्ब रुपैयाँभन्दा बढीको दुग्धजन्य पदार्थ बिक्री हुन सकेको छैन । ती पदार्थ विभिन्न डेरी उद्योगका गोदाममा थन्किएको छ ।

भारतबाट नेपालमा भित्रने गरेको दूध प्रतिलिटर ५४ देखि ५५ रुपैयाँ पर्ने र त्यससँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले डेरी उद्योगहरु संकटमा परेका हुन् । डेरीहरुलाई एकातिर बिक्री नभएको चिन्ता छ भने अर्कातिर ती पदार्थलाई भण्डारण गरेर सुरक्षित राख्नका लागि दैनिक हुने खर्च व्यवस्थापन धौधौ पर्ने गरेको अध्यक्ष ढकालको भनाइ छ ।

कामधेनुमा हाल प्रतिकिलो ९ सय ७० रुपैयाँ पर्ने नौनी घिउ ४५ हजार किलो, प्रतिबोरा २२ हजारका दरले पर्ने धुलो दूध २ हजार किलो र त्यति नै परिमाणमा चिज बिक्री नभएर डेरीमै थन्किएको छ ।

 

संघिय कृषि तथा पशुपंन्छी मन्त्री बेदुराम भुसालले सोमबार कामधेनु दुग्ध बिकास सहकारी संस्थाको अनुगमन गरेका छ्न । कृषि मन्त्री भुसालले अनुगमनका क्रममा कृषिका समस्यालाई सम्बोधन गर्न आफुहरु लागि परेको बताए । संस्थाका तर्फबाट अध्यक्ष यादव ढकाल , प्रबन्धक मनोज कार्कीले मन्त्री भुसाललाई ज्ञापनपत्रसमेत बुझाएका थिए । अर्को मन्त्री भुसालका अनुसार बिकराल नभएको सरकारले बजारीकरण समस्या हल हुने बताउछन।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार