चित्रकला प्रतियोगितामा सिनियरमा हिमालय र जुनियरमा सुन्दर बाटिका प्रथम


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरंगको सुन्दरहरैंचा नगरपालिका वार्ड नं १० मा रहेको हिमालय इङ्गलिस स्कुलमा संचालन भएको नगर स्तरीय चित्रकला प्रतियोगिता २०८० मा सिनियरमा हिमालय इंग्लिस प्रथम र जुनियरमा सुन्दर बाटिका प्रथम भएका छन ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचाले आयोजना गरेको उक्त प्रतियोगितामा सिनियर तर्फ हिमालयबाट कक्षा ७ का छात्र जेनिस बिष्ट प्रथम, कालिदेबी ब्रोडिङ्ग स्कुलका कक्षा ७ की छात्रा खुसि लिम्बु दोस्रो, सुन्दरबाटिका एकेडेमीका कक्षा ६ कि छात्रा जस्मिता साह र सगरमाथा हिमाल दर्शनका कक्षा ६ कि छात्रा दिबिसा श्रेष्ठ सान्तवना भएकी छिन।

यसैगरी उक्त प्रतियोगितामा जुनियर तर्फ सुन्दर बाटिकाबाट कक्षा ५ की छात्रा रोशन कायस्था प्रथम, रासनल एकेडेमीका कक्षा ५ का छात्रा बर्षा लम्साल दोस्रो, हिमालय इंगलिसका कक्षा ५ का छात्र अविशेक श्रेष्ठ तेस्रो र ठडिया विधा मन्दिरका कक्षा ४ का छात्रा श्रीष्टि चौधरी सान्त्वना भएकी छिन।

सिनियर तर्फ ६ र जुनियर तर्फ प्रतियोगितामा १३ विद्यालय सहभागीका उत्कृष्ट बिधालय तथा विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एनाप्याबसन केन्द्रिय महासचिव पारसमणी दाहालले पुरस्कार बितरण गरेका थिए। ।
उक्त अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै एनप्याबसनले बार्षिक क्यालेन्डर अनुसार काम गरिरहेको र बिधालय र बिधार्थीको शैक्षिक गुणस्तर सुधार्न एनप्याब्सनले रचनात्मक भूमिका निर्वाह खेलिरहेको एनप्याबसन जिल्ला उपाध्यक्ष कमल खनालले बताए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार