सुन्दरहरैंचामा वर्षाजन्य विपद्‌बारे जनचेतनामूलक कार्यक्रम:बस्तीमा पुगी उद्धार अभ्यास:


shiva
Single Before Content Ad

सुन्दरहरैंचा / शिव भट्टराई भोजपुरे असार ६ गते

मोरङको सुन्दरहरैंचा नगरपालिकाले जोखिम क्षेत्र रहेको बस्तीमा पुगी बाढीजन्य विपद्‌बारे जनचेतनामूलक उद्धार अभ्यास सञ्चालन गरेको छ।

सुन्दरहरैचा नगरपालिकाको पहलमा शुक्रबार आयोजित जनचेतनामुलक कार्यक्रममा सशस्त्र प्रहरी बल, लक्ष्मीमार्ग क्याम्पका डीएसपी कमल अधिकारीले नगर प्रहरी, स्थानीय स्वयंसेवक र नागरिकहरूलाई बाढीले मानिस बगाउँदा कसरी उद्धार गर्ने तथा डुवानबाट कसरी बच्ने भन्ने व्यावहारिक जानकारी दिएका थिए।

विपद् व्यवस्थापन शाखा प्रमुख वासुदेव अधिकारीले कार्यक्रमको उद्देश्य नागरिकलाई नै प्रत्यक्ष उद्धार अभ्यास गराएर विपद्का बेला ज्यान जोगाउने सीप अभिवृद्धि गराउनु भएको स्पष्ट पारे। "हामी टोल–टोलमा पुगेर यो कार्यक्रम गरिरहेका छौँ," उनले भने।

कार्यक्रममा स्काउट प्रतिनिधिले बाढीबाट बच्ने उपाय र सावधानीका विषयमा जानकारी गराएका थिए। वडा नं. ७ का वडाअध्यक्ष भुवन सिंह आले मगर, वडा सदस्य र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। नगरपालिकाको आयोजनामा अत्यधिक वर्षासँगै बाढी र डुवानको सम्भावना बढिरहेका बेला सञ्चालन भएको यो कार्यक्रम अन्तर्गत आज सुन्दरहरैचा ७ स्थित गछिया पुरानो बजारको बस्तीमा सम्पन्न भयो। यो कार्यक्रम अन्य जोखिमयुक्त स्थानहरूमा पनि सञ्चालन हुनेछ। नगरपालिकाका अनुसार कार्यक्रम चरीगुवा खाप वस्ती (वडा नं. ४), बडहरा डम्पिङ साइट (वडा नं. ४), नयाँ वृन्दावन टोल विकास संस्था (वडा नं. ५), गछिया पुल पश्चिम दक्षिण बस्ती गैरी टोल (वडा नं. ४), गौरीटोल जागृति युवा क्लबको भवन (वडा नं. ६), शेषनारायण दिव्यधाम क्षेत्र (वडा नं. ३), आइतबारे (वडा नं. ३), गछिया पुरानो बजार (वडा नं. ७) र पचाम (वडा नं. १) मा सञ्चालन गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार