उत्कृष्ट प्रहरी सम्मान –“महिनाको सर्वोत्कृष्ट प्रहरी” मा निर बहादुर खड्का चयन


shiva
Single Before Content Ad

सुन्दरहरैंचा/ अषाढ ५ गते

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जेठ महिनाको लागि “महिनाको सर्वोत्कृष्ट प्रहरी (Best Police of the Month)” को रूपमा प्रहरी नायव निरीक्षक (SI) निर बहादुर खड्कालाई चयन गरेको छ।

इलाका प्रहरी कार्यालय, हरैचा, मोरङमा कार्यरत खड्काले विभिन्न संवेदनशील तथा चुनौतीपूर्ण अनुसन्धान र कानून कार्यान्वयनका क्रममा देखाएको साहस, निष्ठा र परिणाममुखी कार्यको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो।

उत्कृष्ट कार्य विवरण:

गाँजा नियन्त्रण: २०८२ जेठ २० गते ग्रामथान–७ मा बेवारिसे टाटा सुमो गाडी चेकजाँच गर्दा २ जना व्यक्तिसहित ३४७.११० के.जी. गाँजा नियन्त्रणमा।

फरार प्रतिवादी पक्राउ: कर्तव्य ज्यान मुद्दाका एक जना ५ वर्षे कैद सजाय भोग्नुपर्ने फरार अभियुक्तसहित विभिन्न मुद्दामा २० लाख ८२ हजार ८ सय जरिवाना तोकिएका १४ जना फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउने सफलता।

हराइएकी वृद्धाको शव फेला पार्ने अनुसन्धान: ८९ वर्षीया तिलमाया खड्काको शव ग्रामथान–७ स्थित नहरमा फेला पारिएको घटनामा, प्रारम्भिक अनुसन्धान गरी मृतकका गहना लुकाइएको घरमै फेला पारेर संलग्न शंकित व्यक्तिलाई नियन्त्रणमा लिइ कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको

सम्मान:

प्रहरी नायव निरीक्षक खड्काको यिनै साहसिक र प्रभावकारी कार्य सम्पादनप्रति उच्च सम्मान व्यक्त गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई “२०८२ साल जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो।

कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले खड्कालाई बधाई दिँदै यस्तो उदाहरणीय कार्यले सम्पूर्ण प्रहरी बलको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार