पूर्वाञ्चल विश्वविद्यालयमा औषधिको समुचित प्रयोग सम्बन्धी अन्तर्राष्ट्रिय दिवस भव्य रुपमा सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँस्थित स्कूल अफ हेल्थ साइन्सेस अन्तर्गत फार्मेसी विभागले औषधिको समुचित प्रयोग सम्बन्धी अन्तर्राष्ट्रिय दिवस भव्य रुपमा मनाएको छ।

कार्यक्रमको प्रारम्भमा फार्मेसी अध्ययनरत विद्यार्थीहरू तथा प्राध्यापकहरू सलकपुर पानी ट्यांकीस्थित क्याम्पस परिसरबाट सलकपुर चोकसम्म जनचेतनामूलक र्यालीमा सहभागी भएका थिए। 'औषधि चिकित्सकको सल्लाहमा मात्र प्रयोग गरौं', 'स्वास्थ्यको रक्षा, औषधिको सही प्रयोगबाट' जस्ता सन्देशसहितको र्यालीले आमजनमा औषधिको उचित प्रयोगबारे सन्देश प्रवाह गर्‍यो।

र्यालीपछि आयोजित औपचारिक कार्यक्रममा स्कूल निर्देशक डिओटी सुब्बा, फार्मेसी विभाग प्रमुख डा. अनिल कुमार साह, सह-डिन डा. श्यामकुमार मल्लिक, एसोसिएट प्रोफेसर डा. काजीराम अधिकारी, संकाय सदस्यहरू डा. प्रसन्न दाहाल, सुसिल रेग्मी, नविन थापा मगर, आमन्त्रित अतिथि तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा औषधिको प्रयोग गर्दा स्वास्थ्यकर्मीको सल्लाह अनिवार्य हुने, बिना सल्लाह औषधिको प्रयोगले गम्भीर असर पार्न सक्ने, साथै औषधिको समय, मात्रा र विधिको पालना गरिनुपर्ने विषयमा विस्तृत छलफल भएको थियो।

कार्यक्रमको समापनमा विभाग प्रमुख डा. अनिल कुमार शाहले औषधिको प्रभावकारी र सुरक्षित प्रयोगको सुनिश्चितता गर्न जनचेतना आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमहरूले स्वास्थ्यप्रति उत्तरदायी व्यवहारको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार