भोजपुरे कल्याणकारी सहकारीको २२औँ साधारणसभा सम्पन्न, राजेन्द्र कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


shiva
Single Before Content Ad

सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे, आश्विन ४ गते

मोरङको सुन्दरहरैँचा–१०, विराटचोकमा रहेको भोजपुरे कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले राजेन्द्र कार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ।

 सहकारीको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा मातृकाप्रसाद पराजुली, सचिवमा मोहन पोखरेल, कोषाध्यक्षमा ताराकुमारी सुब्बा र सहसचिवमा यादव कट्वाल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा बालकृष्ण घिमिरे, विमला घिमिरे, खगेन्द्रबहादुर खत्री, सबिना चम्लागाईंलगायत चयन भएका छन्। लेखा सुपरीवेक्षण समितिको संयोजकमा विनोदकुमार चापागाईं तथा सदस्यमा मीना कार्की र कृष्णप्रसाद साहू चयन भएका छन्।

वि.सं. २०६२ सालमा स्थापना भएको भोजपुरे कल्याणकारी बचत तथा ऋण सहकारी संस्थामा हाल १ हजार ५ सय २३ जना शेयर सदस्य आबद्ध रहेका छन्। संस्थाले सुन्दरहरैँचा र बेलबारीलाई कार्यक्षेत्र बनाएर सदस्य केन्द्रित वित्तीय सेवा प्रदान गर्दै आएको छ।

साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक गतिविधि, सदस्य सेवा तथा आगामी योजनाका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा निवर्तमान अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षता रहेको थियो। त्यसैगरी संस्थाकिउपाध्यक्ष मनिता न्यौपानेले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव राजेन्द्र कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए।

साधारणसभाबाट अध्यक्षमा चयन भएका राजेन्द्र कार्कीले सहकारीलाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनले सदस्यहरूको विश्वासलाई कायम राख्दै सहकारीको संस्थागत विकास, आर्थिक सुशासन र सदस्यको आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

“सदस्यहरूको विश्वास नै हाम्रो संस्थाको सबैभन्दा ठूलो पूँजी हो। सहकारीलाई अझ बलियो, पारदर्शी र सदस्यको सुख–दुःखमा साथ दिने संस्थाका रूपमा विकास गर्न नयाँ कार्यसमितिले प्रतिबद्ध भएर काम गर्नेछ,” अध्यक्ष कार्कीले भने।

साधारणसभाको अवसरमा ज्येष्ठ सदस्य, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता तथा ऋणीलाई सम्मान गरिएको थियो। त्यसैगरी उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई शैक्षिक सम्मान प्रदान गर्नुका साथै उच्च शैक्षिक उपलब्धि हासिल गर्ने व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो।

भोजपुरे कल्याणकारी बचत तथा ऋण सहकारी संस्था आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट नियमित कारोबार विधाअन्तर्गत उत्कृष्ट कारोबार गर्ने संस्थाका रूपमा सम्मानित भएको थियो।

त्यसैगरी, कोशी प्रदेशको प्रदेश सहकारी रजिस्ट्रार तथा सहकारी प्रशिक्षण कार्यालयबाट आर्थिक वर्ष २०७९/०८० मा संस्थाका व्यवस्थापक कञ्चन आचार्य उत्कृष्ट सहकारी व्यवस्थापकका रूपमा सम्मानित भएका थिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार