नोट अफ डिसेन्ट लेख्दै सक्कियो सर्वदलिय बैठक


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैंचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन गरिनुपर्ने यहाँका स्थानीय राजनैतिक दलहरूले माग राखेका छन्।

आइतबार नगरपालिकाको बैठक हलमा नगरप्रमुख केदारप्रसाद गुरगाईको अध्यक्षतामा भएको सर्वदलिय छलफलमा नगरले बढाएको करको दर घटाउनु पर्ने संयुक्त संघर्ष समितिले माग गरेको छ । बैठकमा नगरले नगरका प्रवक्ता रोशनप्रसाद ढकालको संयोजकत्वमा बनेको कर विज्ञ सहितको समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो । उक्त समितिले नगरमा कर घटाउनु पर्ने सुझाव सहित करको दर रेट समेत प्रस्तुत गरेको नगर प्रवक्ता रोशनप्रसाद ढकालले बताए ।

आइतबारको छलफल समेत बिना निष्कर्ष सकिएको छ । प्रवक्ता ढकालका अनुसार संयुक्त संघर्ष समितिले आजको छलफलमा प्रस्तुत गरिएको प्रतिवेदन र करको दरलाई स्वागत गरे पनि नगर सभाको मिति तोक्ने विषयमा विवाद हुदा छलफल विना निष्कर्ष सकिएको हो ।

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुश्यान्त भट्टराईले विज्ञ टोलीले दिएको करको दर र प्रतिवेदनलाई जनताले स्विकार गर्ने तर उक्त करको दरलाई कार्यान्वयन गर्ने विषयमा आशंका भएकोले तत्काल नगरसभा बोलाउन माग गरेको बताए । उनले नगरसभाको मिति तोक्न नगरप्रमुखले तदरुक्ता नदेखाएको कारण नोट अफ डिसेन्ट लेख्दै असहमती जनाएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापती टेकमणी न्यौपानेले कर घट्ने विषयमा नगरबाट चित्त बुझ्दो जवाफ नदिएको कारण संघर्षको कार्यक्रम गर्न बैठकमा असमहती जनाउदै नोट अफ डिसेन्ट लेखिएको बताए । न्यौपानेले अन्य दलले समर्थन गरे पनि नगरे पनि आफ्नो पार्टीले पौष १६ गते देखि संघर्षका कार्यक्रमहरु अगाडी बढाउने बताए ।

नगरमा प्रवक्ता रोशन प्रसाद ढकालको संयोजकत्वमा बनेको कर विज्ञ सहितको समितिले नगरले विभिन्न विषयमा करको दर हेरफेर गर्नुपर्ने सुझाव दिएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार