सुन्दरहरैचामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

सुन्दरहरैचा नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन भएको छ। शनिबार भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईको प्रमुख आतिथ्यता रहेको थियो।

खेलकुदकाे विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भाैतिक पूर्वाधार, व्यवसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार ” भन्ने नारा सहित याे कार्यक्रम सुरू भएको हाे ।नगर खेलकुद विकास समिति सुन्दरहरैचाको आयोजनामा सुरु भएको खेलकुदले सुन्दरहरैचा क्षेत्रका विद्यार्थीहरुको प्रतिभा, क्षमतालाई उजागर गर्ने भएकाले नगरपालिकाले प्रतियोगिताकालागि निरन्तर सहयोग उपलव्ध गराउने नगरप्रमुख केदारप्रसाद गुरागाईले बताए । नगरप्रमुख गुरागाईले १९ वर्ष मुनीका फुलवल खेलाडीहरुलाई तालिमको व्यवस्था नगरपालिकाले गर्ने समेत जनाए ।

प्रतियोगितामा नगरक्षेत्रमा रहेका ४४वटा विद्यालयहरुको सहभागिता रहने र १८ वर्ष मुनिका विद्यार्थीहरुले सहभागिता जनाउने नगरपालिकाकी उपप्रमुख अकली चौधरीले बताईन् ।साे प्रतियोगिताकाे समापन यहि  पुस १० गते हुने छ । साे दिन विजयी विद्यार्थी साथै विद्यालयलाई पुरस्कार वितरण गर्दै समापन हुने बताईएकाे छ । 

आज  दाैड, भाले जुदाई, चक्लेट दाैड, हिसाब दाैड लगायत खेल भएका थिए भने अन्य खेलहरू पनि हुने छन् । उदघाटन कार्यक्रममा कोशी प्रदेशका पुर्व मन्त्री राजकुमार ओझा , सुन्दरहरैचा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अम्बीकाप्रसाद चौलागाई, पत्रकार लगायत अन्य सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार