एनप्याबसन नगस्तरीय स्पेलिङ प्रतियोगितामा सिनियर तर्फ हिमालय र जुनियर तर्फ ब्लुबेल प्रथम


Single Before Content Ad
 

मोरङ/ एलएन गच्छदार 

सुन्दरहरैचा नगरपालिका वडा -१० मा रहेको हिमालय इंगलिस स्कुलमा नगर स्तरीय स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ।राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याबसन) नगर कार्यसमिति सुन्दरहरैंचा नगरपालिकाको आयोजानमा भएको उक्त कार्यक्रममा नगर अध्यक्ष सुरेश कुमार खबासको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको उदघाटन एनप्याबसन मोरङका अध्यक्ष नारायण प्रसाद ढकालले गरेका थिए।

सिनियर तर्फमा हिमालय इंगलिस स्कुल प्रथम स्थान हासिल गरेका छ्न भने द्धितिय र तृतीयमा क्रमश: मोदरल्याण्ड र प्रकाश मेमोरियल भएका छन।जुनियर तर्फ ब्लुबेल चिल्ड्रेन केयर प्रथम स्थान र दोश्रो र तेस्रोमा क्रमशः हिमालय इंग्लिस स्कुल र बालबैंगचा मण्टेश्वरी भएका थिए । प्रतियोगितामा प्रथम,दित्तिय र तृतीयलाई मेडल, प्रमाण पत्र तथा ट्रफीले पुरस्कृत गरेको एनप्याब्सन नगर अध्यक्ष सुरेशकुमार खबासले बताए ।

 उक्त कार्यक्रममा बिद्यार्थीको अन्तरनिहित क्षमता प्रष्फुटन गर्दै उनिहरुलाई विभिन्न क्षेत्रमा अब्बल बनाउन प्रतियोगिता आयोजना गरिएको कोशी प्रदेश एनप्याब्सन सह सचिव कमल खनालले बताए ।

प्रतियोगिताले विद्यार्थीको व्यक्तिगत क्षमता प्रष्फुटन हुने विशवास गर्दै मोरंग एनप्याब्सन अध्यक्ष नारायण प्रसाद ढकालले यस्ता किसिमको प्रतियोगिताले विद्यार्थीहरुमा भाषिक अबल्ताको परिकल्पना समेत गरेको बताए ।

एनप्यावसनमा आवद्ध हिमालय इंगलिस स्कुल, ब्लुबेल मण्टेश्वरी, बिराट एकेडेमी, मोदरल्याण्ड इंग्लिस स्कुल, पाठशाला एकेडेमी,बालबगैंचा मण्टेश्वरी, कालीदेवी इंगलिस स्कुल, प्रकाश मेमोरियल, अस्था मण्टेश्वरी गरी सिनियर तर्फ कक्षा -३ देखि कक्षा ६ सम्म र जुनियर तर्फ नर्सरी देखि कक्षा २ सम्मका ९ वटा विद्यालयका विद्यार्थीले भाग लिएका थिए।

उक्त कार्यक्रममा सहभागी बिधालयका शिक्षक, बिधार्थी तथा नगर र जिल्ला एनब्यब्सनका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार