सुन्दरहरैंचा नगरपालिकाले जग्गाको वर्गीकरण विवरण सार्वजनिक


shiva
Single Before Content Ad

सुन्दरहरैंचा /

मोरङ, माघ ३० – सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रभित्रका जग्गाहरूको वर्गीकरण विवरण सार्वजनिक गरेको छ। भूउपयोग सम्बन्धी ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ बमोजिम गठित स्थानीय भूउपयोग परिषद्को निर्णयअनुसार जग्गाको उपयोगका आधारमा कित्तागत वर्गीकरण गरिएको हो।

नगरपालिकाका अनुसार वर्गीकरण विवरण www.sundarharaichamun.gov.np मा अपलोड गरिएको छ। सम्बन्धित जग्गाधनीहरूले आफ्नो जग्गाको विवरण हेरी सो वर्गीकरणमा छुट भएको भए वा कुनै त्रुटि रहेमा मिलाउनुपर्ने भएमा सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले जग्गासम्बन्धी वर्गीकरण व्यवस्थित गर्न सरोकारवालाहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै तोकिएको समयसीमाभित्र निवेदन दिन अनुरोध गरेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार