६० लाखमै साजीलाल माविमा प्रशासनिक भवन निर्माण


Single Before Content Ad

सुन्दरहरैचा/

मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा – ६ मा रहेको साजीलाल माध्यमिक विधालयको नयाँ प्रशासनिक भवनको निर्माण सम्पन्न गरी बिहिबार गृह प्रवेश तथा उदघाटन गरिएको छ ।

सो विधालय ब्यबस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको बाहुलीबाट उदघाटन गरी गृह प्रवेश गरिएको हो सामाजिक बिकास मन्त्रालय अन्तर्गत १ करोड विनियोजित बजेट भएपनि ठेक्का प्रणालीबाट नगरपालिकाको मुल्याङ्गकन अनुसार ६० लाखमा निर्माण सम्पन्न भएको प्रध्यानाध्यापक श्यामबाबु काफ्लेको भनाई छ।

सुन्दरहरैंचा नगरपालिकामै विधालय परिसर भित्र यस्तो किसिमको अत्याधुनिक प्रशासनिक भवन बनेको साजिलाल मावि पहिलो नै मान्न सकिन्छ । छुटै प्रशासनिक भवन निर्माणपछि विधार्थी, शिक्षक, अभिभावक लगायतले सर्वसुलभ तरिकाले सेवा पाउने विश्वास लिएको छ ।

२ तले प्रशासनिक भवन भित्र माथिल्लो तल्लामा सुविधा सम्पन्न कार्यकक्ष सहित प्रध्यानाध्यापक कक्ष, लेखा शाखा र ब्यबस्थित आधुनिक शौचालय र बैठक कक्ष रहेको छ भने तल्लो तल्लामा बिल काउन्टर प्रशासनिक कक्ष, परिक्षा शाखा र ब्यबस्थित आधुनिक शौचालय रहेको छ।

शैक्षिक कार्यक्रमहरुको विस्तार भएअनुरूप मौजुदा शैक्षिक भवनहरू पनि साँघुरा हुँदै गएकोले छुटै प्रसाशनिक भवन निर्माण गरेको हो। बिधार्थीको बर्षेनी चाप बढ्दै जाँदा अझै थप भवनको विस्तार गर्न आबश्यक रहेको ब्यबस्थापन समितिका अध्यक्ष ओझाले बताए।

१ देखि कक्षा कक्षा १२ सम्म पठनपाठन हुने सो विधालयमा ११ र १२ तर्फ विज्ञान , शिक्षा , मानविकी र व्यवस्थापन समुहको अध्यापन , तीन वर्षे सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन हुदै आएको छ भने, विभिन्न व्यक्तिहरूबाट स्थापित अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार