चेलीबेटीसँग टीका लगाउँदै डा. सुनील शर्मा, देशभरका दिदीबहिनीलाई तिहारको शुभकामना


shiva
Single Before Content Ad

विराटनगर ।कात्तिक २५ गते

नेपाली कांग्रेसका नेता तथा जीपी कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले तिहारको अवसरमा आफ्ना चेलीबेटीहरूसँग भाइटीका लगाउँदै खुसी साटासाट गरेका छन्। उनले विराटनगरस्थित आफ्नै निवाससँगै मोरङको लेटाङस्थित फडानीमा पनि चेलीबेटीहरूसँग टीका लगाएका छन्।

डा. शर्माले बिहान ११ः०७ बजे विराटनगरस्थित निवासमा टीका लगाउँदै देशभरका सम्पूर्ण दिदीबहिनी तथा चेलीबेटीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन्। उनले भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको प्रतीक भएको उल्लेख गर्दै यस पर्वले पारिवारिक सम्बन्धसँगै सामाजिक सद्भाव र एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। तिहार उज्यालो, उमंग र आत्मीयताको पर्व भएकाले यसले परिवार र समाजमा प्रेम, सद्भाव तथा सहयोगको भावना थप प्रगाढ बनाउने सन्देश दिने शर्माको भनाइ छ।

राजनीतिसँगै सामाजिक सेवामा सक्रिय शर्मा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न निरन्तर पहल गर्दै आएका छन्। उनको पहलमा विभिन्न जिल्लाका विपन्न तथा असहाय नागरिकले काठमाडौं मेडिकल कलेजलगायत स्वास्थ्य संस्थामा उपचार सहुलियत र निःशुल्क उपचारको सुविधा पाउँदै आएका छन्।

तिहारको उज्यालोले सबैको जीवनमा खुसी र उमंग ल्याओस्, कुनै पनि दिदीबहिनीले अभाव र पीडा भोग्न नपरोस् तथा समाजमा प्रेम, सहयोग र मानवीयताको भावना अझ विस्तार होस् भन्ने कामनासहित उनले सम्पूर्ण नेपालीमा तिहारको शुभकामना व्यक्त गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार