नोवेल टिचिङ्ग अस्पतालद्धारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई रु १५ लाख पुरस्कार दिने घोषणा


shiva
Single Before Content Ad

विराटनगर/

विराटनगर स्थित रहेको नोवेल मेडिकल कलेज टिचिङ्ग अस्पतालले टि २० क्रिकेट को सेमिफाईनलमा बिजय हासिल गरि विश्वकपमा छनौट हुन सफल भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्सान स्वरुप रु १५,००,०० लाख पुरस्कार दिने घोषणा गरेको छ ।

त्यसैगरि विश्वकप टि २० छनौटको फाईनल खेलमा समेत विजय भएकोले थप रु ५,००,००० समेत प्रधान गरिने नोवेल मेडिकल टिचिङ्ग अस्पतालले नेपाल क्रिकेट संघलाई पत्रचार गरि आधिकारीक रुपमा जानकारी गराएको छ । सो पत्रमा नोवेल अस्पतालले राष्ट्रिय टोलीलाई शुभकामना साथै नेपाल क्रिकेट संघलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेको छ।

नोवेल मेडिकल टिचिङ्ग अस्पताल पुर्व अध्यक्ष तथा प्रबन्धक निर्देशक र साथै मोरङ न. ३ का प्रतिनिधिसभा सदस्य डा. सुनिल कुमार शर्माको अगूवाईमा नोवेल मेडिकल टिचिङ्ग अस्पतालले खेलाडिहरुलाई नि शुल्क उपचार गराउदै आईरहेको छ । यसका साथै अस्पतालले विभिन्न स्थानहरुका नि शुल्क शिविर संचालन गरि सेवा प्रधान समेत गरिरहेको छ

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार