सुन्दरहरैंचाका ३० जना माओवादी नेता, कार्यकर्ताद्वारा पार्टी परित्याग


shiva
Single Before Content Ad

सुन्दरहरैंचा/

सुन्दरहरैंचाका ३० जना नेता, कार्यकर्ताले नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका छन् । सुन्दरहरैंचाको वडा नम्बर ७ का ३० जना नेता तथा कार्यकर्ताले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरुले पार्टी नेतृत्व विभिन्न गुटबन्दी तथा नातावाद र कृपावादमा लिप्त भएको आरोप लगाएका छन् । जनयुद्ध र जनआन्दोलनमा भएका घाइते तथा बेपत्ताको पक्षपोषण नगरी आफ्नो चाकडी गर्ने र नजिकका व्यक्तिलाई प्राथमिकतामा राखी पार्टी संगठन र जनताको भविष्यमाथि नेतृत्वले खेलबाड गर्नाले पार्टी दिनदिनै क्षयीकरण हुँदै गएको प्रेस विज्ञप्तिमा उल्लेख छ । पार्टी परित्याग गर्नेहरु सबै सुन्दरहरैंचाको वडा नम्बर ७ का कार्यकर्ता हुन् ।

पार्टी परित्याग गर्नेहरुमा पार्टीको जिल्ला समन्वय समिति सदस्य निकास ढुंगाना, क्षेत्रीय कमिटी सदस्य विवेक चौधरी, नगर कमिटी सदस्य दीपक फुयाल, वडा नम्बर ७ कमिटी अध्यक्ष मिलन लुइँटेल, वडा कमिटी उपाध्यक्ष मात्रिका चौलागाईँ, वडा कमिटी सचिव प्रमोद घतानी, वडा कमिटी कोषाध्यक्ष सरिता बस्नेत, पूर्व वडा कमिटी उपाध्यक्ष पार्वता आचार्य, पूर्व वडा सहसचिव देवी नेपाल, पूर्व वडा इन्चार्ज मनोहरी लुइँटेललगायत ३० जना नेता, कार्यकर्ता रहेका छन् ।

पार्टी परित्याग गर्ने अन्य नेता कार्यकर्तारुमा अनिस डोटेल, जानुका राई, धमला राई, कल्पना फुयाल, सीता श्रेष्ठ, निर्मला कार्की, सुस्मिता नेपाली, सन्तोष खड्का, पदम नेपाल, हरि नेपाल, रुद्रबहादुर राई, सपना बिक, कमला बिक, अनिल भगत, श्यामवती चौधरी, बलिराम चौधरी, लेदन चौधरी, चन्द्र बिक र भूमिका ढुंगाना रहेका छन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार