नगर स्तरीय लोक नृत्य प्रतियोगितामा सिनियर तर्फ हिमालय इंग्लिस स्कुल प्रथम, जुनियर तर्फ बिराट एकेडमी प्रथम


Single Before Content Ad

सुन्दरहरैचा/

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचा नगर कार्यसमितिले आयोजना गरेको नगरस्तरीय लोकनृत्य प्रतियोगितामा हिमालय उत्कृष्ट तथा प्रथम स्थान हासिल गरेको हो।सो विद्यालयका बिद्यार्थीहरुले थारु समुदायको पौराणिक नृत्य सखिया नाच प्रस्तुत गरेका थिए।

त्यसैगरी जुनियर तर्फ बिराट एकेडेमीले प्रथम स्थान हासिल गरेका छन। सिनियर तर्फ दोस्रो हुनेमा सनसाइन एकेडेमी तेस्रो स्थानमा रेश्नल एकेडेमी भएका छन। जुनियर तर्फ दोस्रो स्थान हासिल गर्ने ब्लुबेल चिल्ड्रेन केयर र तेस्रो हिमालय इंग्लिस स्कुल भएका छन्।

१७ वटा आवद्ध विद्यालय मध्ये १३ वटा विद्यालयले भाग लिएका छन । नेशनल प्याबसनमा आवद्ध विद्यालयका लोक नृत्य प्रतियोगितामा जम्मा १ सय ५० जनाले विद्यार्थीले भाग लिएका थिए । प्रथम , द्धितिय, तृतीय र सात्वना हुने विद्यालयलाई ट्रफि, मेडल तथा प्रमाणपत्र वितरण गरेको थियो।कार्यक्रममा एनप्याबसन नगर अध्यक्ष सुरेश खबासको अध्यक्षता सुरु भएको कार्यक्रममा नगरप्रमुख केदार प्रसाद गुरागाईंले कार्यक्रमको उदघाट्न गरेका थिए। सांस्कृतिक संरक्षण, पुस्ता हातान्तरण गर्न र पढाई संगै अतिरिक्त क्रियाकलापबाट सिक्नुका साथै प्रतिभा उजागर गर्नका लागी यस्ता किसिमका रचनात्मक कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाहमा टेवा पुगेको नगर प्रमुख गुरागाईंले बताएका छन्।

नगर प्रमुख गुरागाईंले विद्यालयमा कुनै एक बार (दिन) आफ्नो विद्यार्थीलाई बिधालय पोशाक भन्दा आफ्नो जातीय तथा समुदायको भेषभुषामा सजिएर आउनु पर्ने सुझाव दिएका छन जसकारण विद्यार्थीले संस्कृतिको महत्व र संरक्षण गर्न टेवा पुग्नेछ।

नगरपालिकाले समेत शैक्षिक गतिविधिमा एनप्याबसनलाई सहाभागी गराउदै आएको भन्दै शिक्षा क्षेत्र पढाई संगै बालबालिकाको सर्वाङ्गिन विकासकालाई अतिरिक्त कृयाकलापले महत्व मदत पुगेको एनप्याबसन प्रदेश सह- सचिव कमल खनालले बताए। लोक संस्कृतिको जगेर्ना गर्न र लोक संस्कृतिलाई नयाँ पुस्तामा स्थापित गर्न यस्तो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताए।

प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत संगीत नेपाली लोककला, रीतिरिवाज साथै सम्बन्धित समुदायको संस्कृतिको मौलिकता झल्कने नृत्यलाई मात्र सहभागी गराएको थियो ।

एनप्याबसन नगरले आयोजना गरेको सो प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गर्दैं जिल्ला मोरङ एनप्याबसन अध्यक्ष नारायण प्रसाद ढकालले बालबालिकाको क्षमता प्रदर्शन संगै नगर एनप्याबसनले गरेको संयोजनबाट जिल्लालाई समेत मार्गदर्शन गरेको बताए।कार्यक्रममा एनप्याबसन केन्द्रिय सचिव राजन छाराहाङ्ग, मोरङ जिल्ला सचिव भनुरुद्र चौधरी , बेलाबारी नगर अध्यक्ष पर्वत खालिङ्ग राई लगायतले शुभकामना मनत्व्य व्यक्त गरेका थिए।

कार्यक्रमको संयोजन नगर सदस्य रबिन बिष्ट र कार्यक्रम संचाल नगर सचिव खगेन्द्र धिमालले गरेका थिए।एन प्याबसन नगर सल्लाहकार महेन्द्र राई, भिम अधिकारी , जिल्ला सदस्य सृजना कट्टेल लगायतको उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार