नोबेल मेडिकल कलेजको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


Single Before Content Ad

सुन्दरहरैचा ।

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा तथा नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजनामा सोमबार जनआदर्श मा.वि., शिवगञ्ज, झापाको प्राङ्गणमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोलीले जनरल मेडिसिन, प्रसूति–स्त्रीरोग, शल्यक्रिया, दन्त, बालरोग, ईएनटी (नाक–कान–घाँटी), छाला रोग, हाडजोर्नी, आँखाको परीक्षण, रेडियोलोजी, ल्याब परीक्षण, मुटुको ईसीजी लगायतका सेवा प्रदान गरेको थियो। साथै बिरामीहरूलाई आवश्यक निःशुल्क औषधि वितरण पनि गरिएको आयोजकले जनाएको छ।

स्थानीय तहको सहयोग र स्वास्थ्य सेवाप्रति स्थानीयको चासोका कारण आयोजना गरिएको शिविरमा झण्डै १४०० जना बिरामीले विभिन्न सेवाहरू सहज रूपमा प्राप्त गरेका छन्। आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले ग्रामीण तथा स्थानीय समुदायमा स्वास्थ्य सेवा पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार