विराटनगर । विराटनगर-२ स्थित सृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको यही मंसिर ६ गते शनिबार २९ औं साधारणसभा सम्पन्न भएको छ । विराटनगरको मुनालपथस्थित आफ्नै भवनमा सफलतापूर्वक साधारणसभा सम्पन्न भएको हो।
उक्त साधारणसभामा संस्थाको कार्यनीति कार्ययोजनासहित आर्थिक बर्ष २०८१\०८२को आम्दानी तथा खर्चको यर्थाथ विवरण र २०८२\०८३ को अनुमानित विवरण प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष मोहनप्रसाद भट्टराईले २०८१्\०८२ को वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । यसैगरी उहाँले २०८३\८४ को प्रस्तावित बजेट तथा कार्ययोजना प्रस्तुत गर्नुभयो।

यसैगरी लेखा समितिका संयोजक निवास पोखरेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नूभयो । कार्यक्रममा असल बचतकर्ता र असल ऋणिको रुपमा ४ जना शेयर सदस्यहरुलाई नगद तथा प्रशंसापत्रसहित पुरस्कृत गरिएको थियो । संस्थाका सेयर सदस्यका सन्ततीहरुमध्ये १०ं२ मा उच्च अंक हासिल गर्ने एक छात्र र एक छात्रालाई प्रशंसापत्रसहित नगद पुरस्कार दिइयो । २०५३ साल पुष १६ गते स्थापना भएको यस सहकारीमा हाल १ हजार ४५ महिला सदस्य र ९ सय ९१ पुरुष गरि २ हजार ३६ जना शेयर सदस्यहरु रहेका संस्थाका लेखापाल प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिका–२ मा अवस्थित सृष्टि बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई पौने १३ प्रतिशत लाभांश वितरण गरेको छ ।
मुनापथस्थित आफ्नै भवनमा शनिबार आयोजित २९औं साधारणसभाका बीच आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रगति तथा २०८३\८४ को प्रस्तावित बजेट तथा कार्ययोजना प्रस्तुत गर्दै सहकारीका अध्यक्ष मोहनप्रसाद भट्टराईले उक्त विषयमा जानकारी दिएका हुन् ।
बितेको आर्थिक वर्षमा संस्थाले गरेको मुनाफाबाट शेयर सदस्यको योगदानको आधारमा उनीहरुको बचत खातामा १२.७५ प्रतिशतका दरले बोनस बापतको रकम जम्मा गरी वितरण गरिएको उनको भनाइ छ ।
संस्थाको २०८२ असार मसान्तसम्म शेयरपुँजी २ करोड ५० लाख ६ हजार १ सय, बचत ९ करोड ६० लाख ९१ हजार ३ सय ७६ र कर्जा लगानी १० करोड ८ लाख ४५ हजार बढी रहेको जनाईएको छ ।
सो संस्थाको स्थिर सम्पति भने विराटनगर २ मा आफ्नै २ तल्ले पक्की भवन सहितको ५० लाख ८६ हजार बढीको सम्पति रहेको लेखा समिति संयोजक निवास पोखरेलले जानकारी दिए।साधारण सभाकाबिच संस्थाले ६ जनालाई जनही ३१ सय नगद सहित सम्मानित गरेको छ ।
संस्थाले असल बचतकर्ताकोरुपमा विराटनगर ३ का विनोद खतिवडा, बुढीगंगा १ का लक्ष्मी परियार र ऋणितर्फ रंगेली २ का बिष्णुकुमार थारु र धनपालथान ३ का देवन्तीकुमारी राजवंशीलाई पुरस्कृत गरिएको थियो ।
यस्तै शेयर सदस्यका २ मेधावी छोराछोरीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिका सदस्य जीवन काफ्ले र आयोजक सहकारीका अध्यक्ष भट्टराईले उनीहरुलाई नगद, दोसल्ला र सम्मापनत्रसहित सम्मानित गरे ।
सो अवसरमा बोल्ने राष्ट्रसेवक सहकारीका प्रबन्धक कृष्ण भट्टराई र सूर्योदय बहुउद्धेश्यिय सहकारी संस्था लिमिटेडका अध्यक्ष भवनाथ कोइराला लगायतका वक्ताहरूले सहकारीहरुमा बचत जम्मा हुने तर लगानी नहुने वातावरण सिर्जना भएकोमा चिन्ता ब्यक्त गरेका थिए ।
हाल सृष्टि सहकारी संस्थाको सेयर पुँजी २ करोड ५० लाख ६ हजार १ सय रूपियाँ रहेको छ भने आर्थिक वर्ष २०८१\०८२ मा सम्पति तथा दायित्वतर्फ १६ करोड ८० लाख ९५ हजार ७ सय ५६ रुपियाँ २५ पैसा रहेको छ । सो अन्तर्गत निक्षेप ९ करोड ६० लाख ९१ हजार ३ सय ७६.७५ रूपियाँ छ भने सेयर सदस्यहरुलाई संस्थाले १० करोड ८ लाख ४५ हजार ५ सय ७६ रुपियाँ ऋण लगानी गरेको छ ।

